वर्तमान राजनीति र अखिल (क्रान्तिकारी )- नवराज शाही

वर्तमान राजनीति र हाम्रो संगठन


जाजरकोट ।
यतिबेला सामाजिक दलाल पुजीवादीहरु कथित कम्युनिस्ट सरकारका नाममा कम्युनिस्टहरुको बदनाम गरिरहेको छन। दुई तिहाईको सरकार भनिएको कथित कम्युनिस्ट सरकार असफल मात्र होइन,जनता र बिश्व जगतबाट समेत बदनाम भएको छ। आफ्नो असफलता र बदनामिको ढाकक्षेप गर्न विभिन्न बहानाहरु बनाईरहेको कुरा पनि स्पष्ट नै छ। यहिक्रममा आमनागरिकहरुको मनमा बस्न सकेको पार्टी नेपाल कम्युनिस्ट माथी प्रतिबन्ध लगाई आफुले गरेका घृणित कार्यहरु ढाकक्षेप गर्ने प्रयास गरिरहेको छ। आम जनसमुदायहरुले बुझ्ने पर्ने कुरा के छ भने यो पुजीवादी दलाल ब्यबस्थाले जनतामाथी भ्रम बाहेक अरु केही कुरा सृजना गर्न सक्दैन भन्ने कुरा पनि जगजाहेर नै छ। यो ब्यबस्थाबाट समाजबाद,बिकास,समृद्धिको आस गर्नु पनि आकाशको फल अँखा तरि मर भन्नू जस्तै भएको छ। बरु यिनिहरु सत्तामा आएपछी निरन्तर अझ महङ्गी,भ्रष्टाचार, कमिसन,राष्ट्रघात,लुटखसोट पहिले भन्दा धेरै गुणा बडेको कुरा पनि अबगत नै छ। अझ दिन प्रतिदिन दमन,हिस्सात्मक,अन्याय,अत्याचार, गुण्डागर्दी,हत्या,बढदै गएको छ। देशको स्थिति अत्यन्त जटिल बन्दै गएको छ बिगतमा देखापर्ने भ्रष्टाचार,कालोबजारी,सामाजिक असुरक्षा,सिमा क्षेत्रमा दिनप्रतिदिन भारतीय हस्तक्षेप र अत्याचार बिर्साउने गरि झन ठुला ठुला राष्ट्रघाती कामहरु गरिरहेका छन त कहिले पार्टीका जिम्मेवार नेता र मन्त्रीहरुले भ्रष्टाचार गरिरहेका छ्न।त्यसमा भर्खरै सहमति गर्ने भनिएको तर आम नागरिकहरु यो देशको हित छैन भनिएको अमेरिकी डिजाइनको इन्डो-प्यासिक रणनीतिमा नेपालमा अमेरिकाले नेपालका विभिन्न ठाउँमा हतियार राख्ने सेना पनि राखेर नेपाललाई युद्ध मैदान बनाउने गरि नेपालमा प्रवेश गराइदैछ तर यो दलाल सरकारले यो इण्डोप्यासिक रणनीतिलाई नेपाल सरकारको सदनमै पास गराउने भनिएको छ तर यो नेपालको हितमा पनि छैन यसलाई हामी आम नागरिकहरुको लागि सिङ्गो देशको लागि शोभनीय र स्वागत योग्य छैन।
दलाल पुजीवादी संसदिय सत्ता (क्रान्तिकारी) राजनीतिबाट अत्तालिएर (क्रान्तिकारी) बिचार,सिद्धान्त र परिवर्तनका विरुद्ध युद्ध नै गर्ना चाहेको देखिन्छ। राजनीतिक अधिकार,बिद्रोह गर्ने पाउनु आम नागरिकहरुको नैसर्गिक अधिकार हो भन्ने गरिन्छ तर यो सत्ताले जनताको राजनीतिक अधिकारमाथी प्रतिबन्ध लगाउन पुगिसकेको छ। यसबाट प्रष्ट भएको छ कि उनीहरुले जतिसुकै जोरस्वरले आफुलाइ कम्युनिस्ट पार्टी बताउने गरे पनि समाजवाद उन्मुख अथवा समाजवादी बताउने गरेपनी र यो पार्टी यसका संचालक गुट व्यबहारमा दलाल पुजीवादीको सेवा गर्ने एकाधिकारवादी पुजिको एजेन्ड नै हुन भन्ने कुरा दुई मत नै छैन। यसको हामिले सश्लेषण गरेको एमाले-माके सामाजिक दलाल पुजिवादको एजेण्ड हुन भनेर मुखमा समाजवादी र व्यबहारमा पुजिवाद यसको सार नै हो संसदवादी ने.क.पा. दलालहरुको सरकारले एउटा निरन्तर देश,जनता,स्वाधीनता,शान्ति र समृद्धि चाहने नेपाल कम्युनिस्ट पार्टीमाथी प्रतिबन्ध लगाउदै जनता बोल्ने,राजनीतिक गर्ने र समाजलाई रुपान्तरण गर्ने कामको बन्द्य्याकरण गर्ने काम गरिरहेको कुरा पनि स्पष्ट नै देखिन्छ। केपि वलि सरकारको रबैया नेपालमा युद्ध थोपर्ने र युद्धको बहानामा साम्राज्यवादका अगाडि घुडा टेक्ने नेपालमा अमेरिकी सैनिक अखडा गर्ने भारु डलरको प्रलोभलन र संसदिय लेण्डुपहरुको झुन्डको स्वार्थमा स्वतन्त्र देशको अस्तित्व समाप्त पार्ने ध्याउनमा लागेको कुरा स्पष्ट देखिन्छ ।
हाम्रो बिद्यार्थी संगठन,हामी अहिले लोकतान्त्रिक,गणतन्त्र,प्रजातान्त्रिक अथवा २१ शताब्दीको बदलिदो आबरणमा छौ। तर हामिले यो कुनै कुराको अनुभुति गर्न पाएका छैन। हामीले हाम्रा दिनहरु ती हिजो शासकबर्गहरुले शासन गरिएको ति कालो दिनहरु जस्तै बिताइरहेका छौ। अहिलेको दलाल फासिष्ट सरकारले हिजोको शासकबर्गहरुको जस्तो रबैया प्रस्तुत गर्दा हाम्रो देश फेरि पनि प्रतिगमन तिर जाँदै भन्ने कुराको अनुभूति भएको छ। सरकार पनि अब धेरै भ्रममा नपरोस कि अखिल (क्रान्तिकारी) कुनै गलत गतिबिधी गर्ने बम, बन्दुक,बोक्ने संगठन होइन हाम्रो संगठन निरन्तर शैक्षिक क्षेत्रमा भएका तमाम खालका बिकृती बिसङ्गतिका विरुद्ध शान्तिपुर्ण ढगले आवाज उठाउने सडकको आवाज हो, देशको स्वाधीनता,जनताको अधिकार प्राप्त,शान्ति र परिवर्तनका लागि निरन्तर लढने संगठन हो, यो देशका इमानदार जुझारु युवा विद्यार्थीहरुको अग्रदस्ता विद्यार्थी संगठन हो,यो देशमा शैक्षिक बिकृती र बिसङ्गतीका विरुद्ध विद्यार्थीको हक हितका लागि जेनर्ल्ली कसैले काम गरेको छ त त्यो अखिल (क्रान्तिकारी) गरेको छ।हाम्रो संगठनले पुजीवादी ब्यबस्थाले निम्त्याएका उल्लेखित समस्याबाट राष्ट्रलाई बचाउन र आफ्नै गतिविधिबाट संकट ग्रस्त दलाल पुजीवादी संसदिय ब्यबस्था र यसको शैक्षिक प्रणालीलाई मिल्काएर स्वाधीन राष्ट्र निर्माणको अभियनलाई मजबुत बनाउदै देशमा उद्देश प्राप्ति अथवा बैज्ञानिक शिक्षाको दिशामा अघि बडिरहेको छ। शैक्षिक दलाल,माफिया,घुसखोरी र चागडिवाज सबैलाई जनकारबाहीको माध्यमले सफाई गर्दै (क्रान्तिकारी) आन्दोलन र बैज्ञानिक समाजवादी अर्थात ब्यबहारिक शिक्षा प्रणालीलाई बैज्ञानिक समाजवादी राज्य ब्यबस्थाको महत्त्वपूर्ण पक्ष बनाउने सङगठन हो।(लेखक: बिराजन शाही विप्लव निकट विधार्थी संगठन अखिल (क्रान्तिकारी ) जाजरकोट जिल्ला अध्यक्ष हुन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्