रमनिय घोराही-होलेरी सडकखण्ड, न हिलो न धुलो-फोटो फिचर



टेकबहादुर पुन, दाङ्ग । रमनिय त्यो सहिद मार्ग । दाङ्गको घोराही देखि रोल्पाको होलेरी जोड्ने सडक नै सहिद मार्ग हो । सँकट कालको बेला तत्कालिन जनमुक्ती सेना र स्थानियले कुटो कोदालो गरेर उक्त सडक निर्माण गरेका हुन् । देशमा लकडाउन भएसँगै सहिदमार्ग अहिले सुनसान छ ।

सधैँ सवारी साधनको चाप सहँदै आएको शहिदमार्गले पनि लकडाउन खेपिरहेको छ । पहाडै पहाडमा बनेको उक्त सडकले रोल्पाको होलेरी हुँदै प्युठान, रुकुम सम्म जोडेको छ ।

धुलो र हिलोले गर्दा यात्रा नै सकस हुने यस सडक अहिले सफा देखिन्छ । जसले गर्दा सडक किनारका हरिया पालुवा र प्रकृतीले थप सौन्दर्य थपेको छ । बर्षातको समयमा सधै पहिरो खसेर अबरुद्द हुने यस सडकमा अहिले न हिलो छत न धुलो नै, जसले गर्दा घोराही-होलेरी सडकखण्डको मुहार फेरिएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्