रूकुम पश्चिम घटना दलित ईतिहासकै कालो दिन !




रूकुम पश्चिम चौरजहारी नगरपालिका ८ सोतीकि सुष्मा मल्ल (ठकुरी) र जाजरकोट भेरी नगरपालिका ४ का नवराज विश्वकर्मा (वि.क.) बिच विगत तीन बर्ष देखि प्रेमसंबन्धमा रहेको पुष्टि हुन गयो। साथै यहि जेष्ठ १० गते शनिवार बेलुका सुष्मा मल्लको मन्जुरीमा विवाह गर्न घरमा बोलाएको र यता नवराज विकको तर्फबाट जन्ती सहित गएको पक्षलाई केटीको अामा बाबु र वडा अध्यक्ष सहितको गाउँलेहरूको जत्थाले केटा नवराज र टिकाराम विक र गणेश बुढा मगर लगायतका युवाहरूलाई ढुंगा,मुढा र कुटपिट गरि अाखाँमा र मुखमा बाुलुवा कोची कोचि मारेर फ्याँकिएको अवस्थामा भेटियो भने अन्य ५ जना अझै बेपता पारिएको बताएको छ।

अाज भेरि नदिमा नवराज विकको लास मात्र बगेको छैन वल्कि उसको अामा बाबुको माया, ममता,रहर सुख, खुशी साथै उसको सारा सपनाहरू चक्नाचुर भएर बगेको छ ।उक्त निकृष्ट,अकल्पनिय र निन्दनिय घटनाले सिङ्गो दलित समुदायलाई स्तब्ध बनाएको छ।अाजको एकाईसौ शताब्दीको विज्ञान र प्रविधिको यो युगमा अाएर यस प्रकारको अमानवीय नरसंहार र बीभत्स हत्याको श्रृङखलाबद्ध घटानले अाम उत्पिडित समुदायलाई हातहतियार र बन्दुकको राजनीतिक उत्कटताको दिशातर्फ उत्प्रेरित एवं जागरूकता तिर धकेलिदिएको छ ।

हिजो जनयुद्धको उदगम स्थलको रूपमा रहेको उक्त स्थान तिनै उत्पिडित दलितको झुप्रोमा बास बसेर संरक्षित र उनीहरूकै भान्छामा खाएर पालितहरू दलित समुदायलाई भोटबैङ्क बनाउने राजनीतिक दलका सांसद नेताहरूले पशु मारिदा संसद अबरुद्ध गर्नेहरू त्यति मात्रै होइन कि अाफ्ना पार्टीको कार्यकर्तालाई सामान्य कुटपिट हुदाँ पनि सडकमा टायर बल्ने परिस्थिति निर्माण हुन पुग्थ्यो ।केहि समय अघि जेल भित्र मरेको कैदीलाई सहिद घोषणा गर्ने पार्टीका ती नेता तथा सांसदहरू यस्तो दुखद घटना घट्दा एक शब्द पनि मुख नखोल्नु लज्जाबोधको बिषय हो कि होइन ? साथै उत्पिडितको पक्षमा स्वच्छ निष्पक्ष ढंगले कलम चलाउने र वकालत गर्ने विगमिडिय कर्मीहरूको दृष्टि त्यहाँ ध्यान अाकृष्ट हुन जानु पर्ने होइन र ? अाज कम्युनिस्टको सरकार एवं बाहुल्यता भएको जिल्लामा त्यस खालको घटना घटनु के सामान्य परिघटना मात्र मान्न सकिन्छ र ? सो घटना हिन्दु धार्मिक एवं सामन्ती ब्रह्माण्डवादी अहंकार तथा जात वा वर्ण व्यवस्थाको पराकाष्ठा रूपमा देखा परेको छ। हिजो भोटका निम्ति र अाफ्नो स्वार्थसिद्ध गर्न जनतालाई सोमरस र केही रूपैयाँमा लोभ्याउने बाध्यात्मक स्थिति सृजना गर्नेले अब सोच्नुपर्ने होइन र ? अर्को कुरा भोट र भ्रष्टाचारको नोट बिना ब्राह्मण र क्षेत्रीहरूद्धारा यो वर्गीय समाजमा अाफुलाई उच्च जात वा श्रेष्टता हासिल गर्ने र सधैभ त्यसलाई कायम राख्नको लागि मापन गर्ने कुनै त्यस्तो उपकरण,यान्त्र वा कसि छ र ? अर्कोतर्फ यस्ता घटना घटदा विदेशमा रहि ५५ डिग्री सेन्टिग्रेड तापक्रममा श्रमिकहरूले अाफ्नो परिवार बालबच्चा नभनि रगत,पसिना र अाँसु बगाएर श्रम गरेको रकम सडक संघर्ष र कार्यक्रमको निम्ति पठाउने गर्छन । उक्त रकमबाट देश विदेश भ्रमण गर्नेहरूको पनि कमि नरहेको पहिलेका केही दृष्टान्तहरू हामी सामु नदेखिएको वा त्यसलाई दुरुपयोग गर्ने संघ संस्था र केही दलित अभियान्ताहरू बग्रेल्ती यद्यपि नभेटिएको होइन ।

कतिका लागि यस्ता घटना दशै जस्तो हुन पुग्छ । जुन अत्यन्तै दुखद कुरा हो । तथापि यस्ता हर्कत गर्नेहरूबाट अाम श्रमिक एवं नागरिक सचेत र चनाखो हुन जरुरी छ। के अाज नेपालमा कानुनी राज्यको प्रत्याभूति हुन सक्यो त ? २०२०को संविधानले जातिय भेदभाव एवं विभेद र छुवाछूत गर्नेलाई दण्डनिय कार्वाही गर्ने भनी उल्लेख गरिएको थियोे २०६३ मै नेपाल छुवाछूत मुक्त राष्ट्र घोयणा भएको र जातिय वेदभाव तथा छुवाछूत कसुर सञ्जाय एेन २०६८ पारित भई कार्यनयनमा गई सकेको पनि करिवन नौ बर्ष पुगेछ। काभ्रे होक्सेका अजित मिजारको लास अहिले पनि टिचिङ्ग हस्पिटलमा थन्किएर बसेको छ।अाज सम्म पनि उसले न्याय पाएको छैन प्रहरी प्रशासन र न्यायलयबाटै सबुत प्रमाणहरू नष्ट गर्ने काम हुने गर्छ । छोराले अन्तरजातीय विवाह गरेका कारण दैलेखको सेते दमाईको हत्या हुन पुग्यो।

हत्याराहरू एक पछि अर्को गरि उन्मुक्ति पाउने हुनाले यस्ता घटना झनै तिब्रतामा बढेर गएको छ। के अब नवराज विक, टिकाराम विक र गणेश बुढामगर लगायत अन्य बेपत्ता र घाइतेहरूले न्याय पाउने सुनिश्चितता छ र ? अाज सामन्ती एकात्मक,निरङकुंस राजतन्त्रात्मक व्यवस्थाको खातिर संघीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुक बनेको छ । अाम उत्पिडित समुदायले विभिन्न कालखण्डमा नेपाली समाजको अामुल र अग्रगामी परिवर्तनको निम्ति त्याग र बलिदान गरेको यसै दिन देख्नको लागि थियोे ? यस्ता अनगिन्ती प्रश्नहरू अाम नागरिकको सामु चुनौतीपूर्ण रूपमा खडा भएको छ।

अाज लाउ लाउ खाँउ खाँउ भन्ने उमेरमा अाफ्ना अामा बाबुको काखमा हुर्केिएको एउटा युगल जोडीको हत्या हुदाँ कस्को मन रूदैन होला र ? एउटा दलित र विपन्न परिवारमा जन्मेको दलितको छोरो मनुवादी धार्मिक संस्कार र संस्कृतिमा हुर्केकी एउटी ठकुरीको छोरीसंग प्रेमविवाह गर्न जन्ती सहित जाने तिम्रो साहस,हिम्मत र अाटलाई सलाम छ। उक्त खेदपूर्ण घटनाको घोर भर्त्सना एवं भावपूर्ण श्रद्धाञ्जली ।।
“संघर्ष ”
श्रमिक जनता पार्टी-नेपाल
केन्द्रिय महासचिव

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्