टप फिचर

कोसी अस्पतालमा थप ४ जना काेराेना संक्रमित निकाे भए

By Thah Online

May 27, 2020

काठमाण्डौँ, जेठ १४ विराटनगरस्थित कोसी कोभिड १९ अस्पतालमा उपचाररत थप चार जना कोरोना संक्रमित निकाे भएका छन् ।

कोसी अस्पताल विराटनगरकी मेडिकल सुपरीटेन्डेन्ट डाक्टर संगीता मिश्राका अनुसार बुधबार ४ जनाको रिपोर्ट नेगेटिभ आएकाे जानकारी दिइन् । उनका अनुसार काेराेना निकाे हुने चारै जना उदयपुर भुल्केका हुन ।

कोरोना निको हुनेमा ३ महिला र १ पुरुष छन् । यो सँगै प्रदेश १ मा कोरोना संक्रमणबाट निको हुनेको संख्या ३० पुगेको छ । यस अघि २६ जना कोरोना निको भएर घर फर्किका थिए । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ८७ जना छ ।