टाउको फुटाएर, डोरीले बाधी भेरीमा फालेको अबस्थामा लोकेन्द्र सुनारको लास भेटियो



सरु सुनार , थाहा अनलाइन ,काठमाडौ गत जेष्ठ १० गते शनिबार जाजरकोटकाट नबराज बिक , रुकुम चौरजहारीकी सुस्मा मल्लसगको प्रेम पछी बिवाहा गर्न भनी १८ जना साथी सहित सुस्मालाइ लिन गएका थिए तर घर पुग्नु नपाउदै गाउले र सुस्माला परिवारले नबराज बिकलाई हत्या गरि भेरी नदिमा फालेका थिए उनी सहित अरु पाच जनालाई हत्या गरि नदिमा फालेको थिए । टिकाराम बिक र गणेश बुढा मगरको लास फेला परिसकेको छ भने आज थप लोकेन्द्र सुनारको लास प्रहरी र गाउँलेले भेरी नदिमा फेला पारेका छन् । प्रत्यक्षदर्शी लक्षम सुनारका अनुसार उक्त लास भेरी नगरीपाली ११ वडा न ८ पुरै कुटेर हतियारले टाउको फुटाएर माछा मार्ने जालले बाधेको अबस्थामा लास भेटीएको बताएका छन् ।अहिलेसम्म ४ जनाको लास फेला परिसकेको छ भने बाकी २ जना अझै बेपत्ता रहेका छन् । रुकुममा अन्तरजातीय प्रेम र बिवाहाले जातकै कारण भएको उक्त हत्याकान्ण इतिहास कै ठूलो दलित समुदाय माथीको बर्बरता र नरसंहार घटना भन्दै अपराधीलाई कारवाहीको माग गर्दै अधिकारकर्मीहरुले विभिन्न जिल्लामा आन्दोलन गरेका छन् । गत मगलबार सदनमा रिपोर्ट पेस गर्दै पुर्ब गृहमन्त्री जनार्दन शर्माले भने केटिको घरमा हुन बाधी जादा वडा अध्यक्षले फोन गरे प्रहरी आएको र केटाहरु भाग्ने क्रममा आफै भेरी नदिमा हाम्फालेको भनी रिपोर्ट पेश गरेका छन् ।यतिबेला जनार्दन शर्माको चर्को बिरोध भएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्