समाज परिवर्तनकाे अाभाष बन्याै तिमी, प्रिय मित्र नवराज बि क



तिम्रो त्यो समाज परिवर्तनकारी कदम लाइ सलाम गर्दै!सानो मेरो मनको लेख तिमी प्रति! तिमी लाइ म भौतिक शारीरिक मानशिक रुप मा कुनै दृष्टि कोण ले चिन्दिन! तिम्रो मृत्युपश्च्यात म संग मात्र नभै सिङगो बिश्व मानव जाति माझ परिचित बन्यौ! परिचित को कारण बन्यो सच्चा प्रेम गर्दा मृत्यु! प्रेममा दलित भएकै कारण मृत्यु बरण गर्नु पर्यो! हुन त सुने को पनि थिय पढेको पनि थिय मानिस ठुलो दिल ले हुन्छ जात ले हुदैन!

आखिर आज आयर प्रमाणित भयो यो कागज को ख्रष्टा मा मात्र सिमित रहेछ! बानी ब्यबहार मा रहेन छ! आज अन्तिम मा जात नै ठुलो हो भन्ने तिम्रो मृत्यु ले स्विकार गरेको छ! माथिल्लो जातको केटी संग प्रेम गर्दा तिमी यो दुनियाँ बाट सधाको लागि टाढा बनौ! उफ तिमी जस्तै हजारौ नवराज लाइ कसरी सम्झाउ एक पल पनि नछुटिने नटुट्ने भन्दै बाचा बन्धन गरेका मुना मदन लाइ कसरी? सम्झाउ! अब प्रेम गर्दा मृत्यु बरण गर्नु पर्छ भनेर कसरी सम्झाउन सकिन्छ! प्रेम नगर भन्दा मान्दैन होला ति मुना र मदन !तिमी जस्तै हजारौ नवराज लाइ कसरी सम्झाउन सकिन्छ होला! प्रेम काल हो भनेर! नवराज तिमी ले त्यति ठुलो जघन्य अपराध के गर्यौ र? सजाय आज यो दुनिया बाट सदाको लागि बिदा हुनु पर्यो!

तिमी दलित भयकै कारण तिम्रो सच्चा प्रेम मा यो तुच्छ बिभेदकारी समाज ले ब्रज हान्यो ! तिमी बिदा भयौ भौतिक रुपमा बिदा भय पनि तिमी अमर बनेका छौ नवराज! यो बिचित्र संसार राम्रो संग निहाल्न नपाउदै यो समाज का बिखन्डनकारी हरुले महाभारत जस्तै कथा रच्यो र तिमी लाइ तिम्रो सच्चा प्रेम बाट सदाको लागि अलग बनायो! कति सपना थिय होला तिम्रा के के बन्ने! तर अब सबै अधुरै रहे! सोचेका थियौ होला म मेरो प्रेमी लाइ अब छिट्टै सदाको लागि म संगै राख्छु भनी तिम्रो घर बाट हिडेका साथी भाइ हरु लाइ घर छेउको चौतारीमा जम्मा पार्दै आफनौ प्रेम कहानी सुनाउथ्यौ होला! अब छिटै हामी दुइ धड़कन बाट एक धड़कन मा रुपांतरण हुदै छौ भनेर! मनमा अनेक थरीका कुरा खेलाउदै गद गद भयका थियौ होला! साथी हरु साथ मा लिदै गयौ !

मन मा उकुसमुकुस भय होला! सोच्यौ होला भोली त मेरा आफ्ना आफन्त ले हाम्रो माया को जोडि लाइ फेसबुक मा राख्दै दाम्पत्य जिवन को शुभकामना लेख्लान! तर शुभकामना लेख्नु पुर्व भोली पल्टै हार्दिक श्रद्धांजलि लेख्छन! तेति बेला सम्म तिमी सदाको लागि अस्ताएका रहेछौ! नवराज यो दुनियाँ मा तिमी ले गरेको परिश्रम को उचित मुल्यांकन कस्ले गर्ला? तिमी ले बनाएका भाडा कुडी अछुत भयन मुर्ति भगवान को मन्दिर सम्म पुगे,अछुत भयन तिमीले सिलाएका कपडा लगाए अछुत भयन तिमीले उब्जाएको अन्न खाय अछुत भयन ! तर तिमी अछुत भयौ तिम्रो सच्चा प्रेम अछुत भयो! यो कुरिती र बिसंगति ले जडा गाडेको समाज मा तिम्रो त्यो प्रेम स्विकार बनेन !

माफ गर त्यस्ता ब्राह्मण चाकडीबादि सोचे गरे का ले गर्दा समाज मा आतङकित बनेको छ यो 21 औ शताब्दी मा आएर पनि ! काम को आधार मा बिभाजन मात्र गर्दा मान्छे लाइ कुकुर भन्दा तल्लो ब्यबहार गर्ने पशु हरु को समाज ले तिम्रो प्रेम स्विकार गर्ने सकेन! लेख्न त लेखियो स्वर्ण अक्षर ले नेपाल को संबिधानमा २०७३ जेष्ठ २१ गते छुवाछुत मुक्त राष्ट्र घोषणा र २०६८ मा जातिय भेदभाव तथा छुवाछुत कसुर र सजाय ऐन बनेको थियो! ऐन बनेको ८ बर्ष हुदा पनि जातिय बिभेद को अबस्था जिउ का तुउ छ! खै त यो उन्मुक्त पाएको नवराज जस्तै प्रेम मा हजारौ ले ज्यान गुमाएका छन परिवार बिहिन भयका छन! सपना चकनाचुर भयका छन! तर कस्लाइ फुर्सद छ नियम कानुन को पाना पल्टाउन! साशाक बर्ग हरु दलित हरु माथि यो त्यो भनेरै बिभेद थुपार्न बाध्य छन!

यस्ता निन्दनीय घटना बारम्बार दोहोरी रहदा १० बर्ष सम्म गरेको (बर्ग सङर्ष) आफनै लाभको लागि समिति रहेछ! शोसक सामान्तबाद ले थला परेको यो देश मा कस्ले न्याय को डोल बजाउन सक्ला र! अरब का सम्पत्ति का मालिक भयका सोशक सामान्ति राष्ट्र घाती कमरेड हरु को नजर मा नबराज जस्तै जातिय पर्खाल तोडेर चोखो प्रेम लगाउदाको परिणाम मृत्यु बरण गरेका अजित मिजार, शिबसंकर दास, अस्मिता तोलाङगी संगिता परियार मारिए तिमी हरुको तृच्छ घृणित ब्यबहार ले आज सम्म न्याय पाएको छैन! मेरो सरकार नवराज बि क लाइ यस्तो नहोस!

यदि नबराज ले न्याय पाय नेपाल को संबिधानमा स्वर्ण अक्षर लेखियो किताब ले उच्च सम्मान पाउने छ! हजारौ दलित भयकै कारण प्रेम बाट मर्नु परेका को आत्माले शान्ति पाउने छन! यो संसार जित्ने एउटा मात्र मन हो जुन नबराज ले सुष्मा को मन जिते प्रेम गरे के बिरायका थिय नबराज ले पक्कै भनेन होला तिम्रो सम्पत्ति मलाइ देउ तिम्रो घर भित्र लगेर मलाइ बसाल मात्र मागेका थिय त आफनो चोखो प्रेम !

अन्ततः धर्तिका बोज राक्षस हरु ले नबराज को ज्यान नै लिय ! 21 सताब्दी को पछिल्लो युगमा आधुनिक युग मा दिनदहाड़े सच्चा प्रेम गरेकै भर मा अबोध प्रेम जातिय बिभेद का कारण ले नवराज जस्तै हजारौ युवा युवती को हत्या हुन्छ भने दलित युवक युवती ले हातमा हतियार लिएर प्रेम गर्न सुरु गरे यस्को जबाफदेही को? हुने छ!नबराज तिमी मुसुक्क हास्दै आमा बुवाको आशिर्वाद थाप्दै आफ्नी प्रेमिका लिन गयका तिमी दुर्भाग्य यो भोकी सबै आशिर्वाद लाइ धुलोमा उडायौ ! ठुलो जातको आफु ब्राह्मण हु भभन्ने तल्लो मानसिकता भयका निच घटिया सोच भयका अराजक तत्व बाट तिमी संगै तिम्रो सपना तिम्रा आमा बुवाका सपना सधैको लागि अस्ताए!! घटना मा संलग्न दर्दनाक मानसिकता ले बौलाह भयका सम्पूर्ण लाइ हदै सम्मको कानुनी कार्वाही होस जोडदार माग गर्दा छु!! नबराज तिमी दलित समुदायको उन्मुक्ति का लागि एतिहास बनेका छौ! हार्दिक श्रद्धांजली
#JusticeforNabrajbk

उहि तिम्रो शुभचिन्तक दिपक बि क
बझाङ मष्टा गा. पा २ खिकाला
हाल भारत ब्याङलोर

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्