Coronavirus outbreak and coronaviruses influenza background as dangerous flu strain cases as a pandemic medical health risk concept with disease cells as a 3D render

टप फिचर

कोरोनाबाट बेलायतमा थप एक भूपू गोरखाको मृत्यु, मृत्यु हुने नेपालीको सङ्ख्या ६५ पुग्यो

By Thah Online

May 28, 2020

काठमाडौं । कोरोनाबाट बेलायतमा थप एक भूपू गोरखा सैनिकको निधन भएको छ ।बेलायतको ग्रेजमा बस्दै आएका ६१ वर्षीय जीतेन्द्र राईको उपचारका क्रममा मङ्गलबार निधन भएको उनको आफन्त बलु राईले जानकारी दिए ।

पुख्र्यौली घर खोटाङ भइ उदयपुर बसाइँसराइ गर्नुभएका राई लामो समयदेखि बेलायत बस्दै आएका थिए ।शुरुमा कोरोनाको लक्षण देखिएपछि घरमै आइसोलेसनमा बस्न अस्पतालले सुझाएको थियो ।

घरमा १४ दिनसम्म बस्दा पनि ठीक नभएपछि पाँच हप्ता अगाडि उनलाई एम्बुलेन्स बोलाएर अस्पताल लगिएको थियो ।घर नजिककैको बासिल्डन अस्पतालको सघन उपचारकक्षमा एक महिना पाँच दिन राखेर उपचार गर्दासमेत कुनै सुधार भएको थिएन ।

उनका तीन छोरा बेलायतमा र श्रीमती नेपालमै छन् ।हालसम्म बेलायतमा कोरोनाबाट निधन हुने नेपालीको सङ्ख्या ६५ पुगेको छ भने राईसहित भूपू गोरखा सैनिकको सङ्ख्या ५४ पुगेको छ ।