दाइको नाममा जमिन पास गरेको भन्दै बाबुको हत्या गर्ने पक्राउ



सर्लाही, १५ जेठ
आफ्नै बुबा ७० वर्षीय राम अधिन रायको कर्तव्य गरी हत्या गरेको अभियोगमा बसवरिया गाउँपालिका-५ धनगढा टोल बस्ने ३५ वर्षीय बिनोद रायलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

राम अधिनलाई आफ्नै गोठको आँगनमा कर्तव्य गरी मारेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बरहथवाबाट खटिएको प्रहरीले राम अधिनको शव फेला पारेको हो । अभियुक्तको तत्काल खोजी गर्ने क्रममा आफ्नै घरमा लुकीछिपी बसेको अवस्थामा विनोदलाई प्रहरीले पक्राउ गरेको हो ।

राम अधिनले जग्गा जमिन अभियुक्तका दाइको नाममा मात्रै पास गरिदिएको विषयलाई लिएर बाबु सुतिरहेको अवस्थामा बाँसको लठ्ठीले शरीरका विभिन्न भागमा प्रहार गरी मारेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ ।

घटनामा प्रयोग भएको बाँसको लठ्ठी लगायतका सामान प्रहरीले बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्