विद्युत महसुलमा सरकारले दियो मिनाहा र छुट



काठमाण्डौँ, जेठ १५
सरकारले विद्युत महसुलमा मिनाहा र छुट दिने भएको छ। आगामी वर्षका लागि बजेट भाषण गर्दै अर्थमन्त्री युवराज खतिवडाले विद्युत उपभोक्तालाई मिनाहा र छुट दिने घोषणा गरेका हुन्।

जसअनुसार घरासयी साना विद्युत उपभोक्तामध्ये मासिक १० युनिटसम्म खपत गर्नेलाई निशूल्क, मासिक १५० युनिटसम्म खपत गर्नेलाई २५ प्रतिशत र मासिक २५० युनिटसम्म खपत गर्नेलाई १५ प्रतिशत छुट हुनेछ। यस्तै खानेपानी र सिचाईं उपभोक्ताले तिर्नु पर्ने विद्युत शूल्क मिनाहा र विद्युत महसुलमा सहुलियत दिने व्यवस्था गरिएको छ।

कोभिड-१९ का कारण प्रभावित उद्योगहरूलाई लकडाउनको अवधिभर विद्युतको डिमान्ड शूल्क छुट दिने र माग कम हुने समयको विद्युतको खपतमा ५० प्रतिशत छुट दिने प्रवन्ध मिलाइएको अर्थमन्त्री खतिवडाले घोषणा गरे।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्