आर्थिक

सरकारले ल्यायो १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँको बजेट

By Thah Online

May 28, 2020

काठमाण्डौँ, जेठ १५ आर्थिक वर्षको लागि सरकारले १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँको बजेट ल्याएको छ । चालु आर्थिक वर्षको लागि १५ खर्ब ३२ अर्ब रुपैयाँको बजेटको आकार थियो ।

जसमा चालुतर्फ ९ खर्ब ४८ अर्ब ९४ करोड पुँजीगत ३ खर्ब ५२ करोड, वित्तीय व्यवस्था १ खर्ब ७२ अर्ब बिनियोजन भएको छ । जसमा राजस्व वापत ८ खर्ब ८९ अर्ब र वैदेशिक ऋण २ खर्ब ९९ अर्ब र आन्तरिक ऋण २२५ अर्ब उठाउने लक्ष्य राखिएको छ ।