ओमप्रकाश गुप्ता, देउखुरी १५ जेष्ठ
जाजरकोटका युवाहरुको हत्याको बिरोधमा आज बिहिबार दाङकाे लमहीमा प्रदर्शन गरिएको छ । दलित र गैरदलित बीचको प्रेमसम्बधलाई लिएर रुकुम पश्चिममा दलित युवकसहित चारजनाको हत्या भएको भन्दै दाङको लमहीमा विरोध प्रदर्शन गरिएको हो ।
लमही निवासी सोनाली पुनमगरको नेतृत्वमा पाँच जनाको समूहले लमही बसपार्क चोक नजिक भेला भएर प्लेकार्ड सहित प्रदर्शन गरेका हुन् । विरोध प्रदर्शनमा घटनालाई सत्ता र शक्तिको आडमा ढाकछोप नगर्न आग्रह गरिएको थियोे ।
यता राष्ट्रिय युवा संघ नेपाल जिल्ला संयोजक रोल्पाका कृष्ण नेपालीले दलितहरू माथि पटक पटक आक्रमण भैरहेको भन्दै यस घटनामा राज्यको गम्भीरतापूर्वक ध्यानाकर्षण हुन आवश्य रहेको बताए । नाताबाद र कृपाबादले दोषिले उन्मुक्ति नपाओस, उक्त घटनामा राजनितिक हस्तक्षेप नहोस भन्दै पिडितले न्याय पाउनु पर्ने बताए ।
मान्छे मार्न पाइदैन, जातियताको विवेद अन्त्य गर, हत्यारालाई आजिवन कैद गर, पिडित पक्षले न्याय पाउनै पर्छ, रगत सबैको रातो हुन्छ, लेखेको प्लेकार्ड बोकेर उनीहरुले प्रदर्शन गरेका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।