थाहा अनलाइन काठमाडौ । पश्चिम रुकुममा अन्तरजातिय प्रेम पछि बिवाह गर्न लाग्दा जाजरकोटका नबराज बिकको रुकुममा गाउँहरु मिली हत्या गरेका थिए । उनी मात्र नभई उनका साथीहरु ५ जनाको पनि हत्या गरि भेरी नदिमा फालियो । रुकुम जातकै कारण भएको यो हत्या नेपालमा इतिहास कै दलित समुदायमाथिको भयानक कोतपर्ब भनी अधिकारकर्मीहरु आन्दोलन र प्रदर्शनमा उत्रेका छन् ।जाजरकोटमा निरन्तर आन्दोलन चलेको छ भने विभिन्न काठमाडौ ,कैलाली , रुकुम , चितवन , कैलाली , मुग्लिङ ,देखि विभिन्न जिल्लाहरुमा पेलेकार्ड , कालो ब्यानर सहित सिडिओलाई ज्ञापन पत्र साथै जिल्ला प्रशासन अगाडी धर्ना बसेका छन् । जातीय छुवाछूत बन्द गर , जातीय विभेद बन्द गर, मान्छे मार्न पाइदैन, अपराधीलाई फाँसी दे, जस्ता पेलेकार्ड बोकी न्यायको पर्खाइमा यतिबेला सिङ्गो देशमा अधिकारकर्मीहरु सडकमा उत्रेका छन् । हत्या गरि भेरी नदिमा फालिएका ५ जनाको लास भने बिभत्स हत्या गरि फालिएको अबस्थामा भेटिएको छ । नबराज बिक लगाएत ३ जनाको आज दाहसंस्कार गरिएको छ भने बाकी सन्जु बिकको लास पनि आज भेटिएको छ । घटनाको सत्यतथ्य छानबिन गरि अपराधी उम्काउने प्रयास भए अर्को आन्दोलनको घोषणा गरि उत्रने दलित अधिकारकर्मिहरुले चेतावनी दिएका छन् । १२ औं गणतन्त्र दिबश आज मनाइरहदा दलित समुदायले आफ्नो बाच्न पाउने स्वतन्त्रताको अधिकार र संमानको लागि यसरी आन्दोलन गर्नु पर्ने अबस्था आउदा गणतन्त्रको दिबस भनी दिपावली मनाउन नसक्ने बताएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।