ओमप्रकाश गुप्ता/सिसहनियाँ १५ जेठ
अहिलेको बुर्जुवा गणतन्त्रले जनताका आधारभुत समस्याहरु समाधान गर्न नसक्ने भन्दै नयाँ जनबादी क्रान्ति मार्फत समाजबाद स्थापना गर्नुपर्ने कुरामा एक कार्यक्रमका बक्ताहरुले जोड दिएका छन् ।
गणतन्त्र दिबसका अबसरमा राष्ट्रिय जनमोर्चा दाङ देउखुरी जिल्ला समितीले अनलाइनबाट आयोजना गरेको कार्यक्रममा बोल्ने बक्ताहरुले उक्त कुरामा जोड दिएका हुन् । राष्ट्रिय जनमोर्चा जिल्ला अध्यक्ष गणेश आचार्यको अध्यक्षतामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टी मसालका जिल्ला प्रबक्ता भरत भण्डारीले गणतन्त्र आएता पनि शासकहरुको चरीत्र फेरीन नसकेको बताए ।
अहिले राष्ट्रियताको विषय महत्त्वपूर्ण भएको कुरा बताउँदै नेपाल कहिले कसैको गुलाम नभएकोले भारतको गुलाम हुन नसक्ने कुरा भारती सासकहरुले बुझ्नु पर्ने र सरकार खुट्टा नकमायर आफ्नो देशको सार्बभौमिक्ताको रक्षा गर्नुपर्ने कुरामा जोड दिए । कार्यक्रममा अखिल नेपाल जनजाती सम्मेलनका केन्द्रिय सदस्य रामबहादुर घर्ती, अखिल नेपाल शिक्षक संघका जिल्ला अध्यक्ष भानु जिएम लगायतले सम्बोधन गरेका थिए ।
जिल्ला सचिब वसन्तराज पौडेलको संचालन र जिल्ला सदस्य ठाकुर भण्डारीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा जातीय समता सामाजका केन्द्रिय उपाध्यक्ष टीका बिक , अखिल छैठौ का केन्द्रिय सदस्य वसन्त आचार्य र अखिल नेपाल युबक संघ जिल्ला सदस्य डोरबहादुर केसीको पनि आथित्यता रहेको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।