कोरोना संक्रमित भेटिएपछि, ककनी गाउँपालिकामा ८४ जनाले गराए परीक्षण



नुवाकोट, जेठ १५
नुवाकोटको ककनी गाउँपालिका वडा नं ३ को एक जनामा कोरोना पोजेटिभ देखिए पछि ककनी गाउँपालिकाले गाउँपालिका भित्र कोरोना परीक्षणदर बढाएको छ।

विहिवार ककनी गाउँपालिका वडा नं १ मा ५ ,२ मा १९ ,३ मा २९ ,४ मा २ ,८ मा १ र एक स्वास्थ्यकर्मी सहित जम्मा ५६ जनाको परीक्षण गरिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले हिजो २८ जनाको परीक्षण गरेको थियो।

बुधबार गरिएको परीक्षणको रिपोर्ट शुक्रबार सम्म र बिहीबार गरिएको परीक्षणको रिपोर्ट शनिबार सम्म आउने समेत गाउँपालिकाले बताएको छ। ककनी गाउँपालिका भित्र कोरोनाको उच्च जोखिम‌ रहेको हुदा लकडाउलाई पुर्ण रूपमा पालना गर्न समेत जनप्रतिनिधिले सर्वसाधारणलाई आग्रह गरेका छन्।

हिजो र आज गरी जम्मा ८४ जनाको PCR विधिबाट परीक्षण गरिएको गाउँपालिकाले बताएको छ। ८४ जनाको रिपोर्ट आधारमा आवश्यक परे अन्य परीक्षण गरिने गाउँपालिकाले जनकारी गराएको छ। संक्रमित युवाको हाल अस्पतालमा उपचार भइरहेको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्