रुकुमपश्चिममा अन्तरजातीय प्रेम पछि बिवाहा गर्न खोज्दा नबराज बिक लगाएत ५ जना उनका साथीहरुलाइ कुटेर हत्या गरिएको छ । रुकुमपश्चिम चौरजहारी नगरपालिका–८ सोतीस्थित गएराति गाउँलेहरुको कुटाइबाट जाजरकोट भेरी नगरपालिका–४ रानागाउँका नवराज विक लगायतकाको ज्यान गएको हो । अहिलेसम्म बीभत्स हत्या गरि भेरी नदिमा फालिएका ५ जना युवकहरुको लास फेला परिसकेको छ । अन्तरजातिय प्रेम र बिवाहाकै कारण मारिएका युवाहरुको हत्यारालाइ कडा कारवाहीको माग गर्दै सिर्जनशिल नेपाली समाज बेलायतका अध्यक्ष भक्त दर्जीले नेपालको इतिहासमा दलित समुदाय माथिको यो भयानक हत्याकाण्ड इतिहास कै जातिय नरसंहार भएको भन्दै हत्यारालाई कुनै बहानामा उम्काउने प्रयास गरेमा र फेरि पनि दलित समुदायले मानव हुन कै परिचय दिनै पर्ने अबस्था आएको हो भने अन्तरास्ट्रिय बिश्वब्यापी आन्दोलन गर्नु पर्ने र यसको लागि सिर्जनशिल नेपाली समाज बेलायत तयार रहेको भन्दै बिगतको नेपालको दलित आन्दोलनमा पनि आर्थिक नैतिक सहयोग रहेको र न्यायको लागि आन्दोलनलाई जस्तोसुकै साथ ,सहयोग गर्न तयार रहेको बताएका छन् । शिर्जनशिल नेपाली समाजबाट बेलायतका लागि नेपाली राजदुत डा. दुर्गा बहादुर सुबेदीलाइ ज्ञापन पत्र बुझाएका छन् । डा. सुबेदीले नेपाल सरकारलाई ज्ञापन पत्र पठाइसकेको जानकारी दिएका छन् ।
यस्तो छ ज्ञापन पत्र गत जेष्ठ १० गते २०७७ का दिन नेपालको जाजरकोटमा फेरी पनि एक कहालिलाग्दो मानवताविरोधी बर्बर घट्ना घट्यो । १९ वर्षिय नवराज विकको अन्तरजातीय प्रेमका कारण अनाहकै तथाकथित उपल्लो जाती भनाउदाहरुले सम्पूर्ण गाउनै उर्लाएर एक दलित युवक र उनका साथीहरुको हत्या गरिएको समाचार छापाहरुमा छरपष्टिएको देख्दा यस श्रृजनसिल नेपाली समाज यूकेको गम्भिर ध्यानाकार्षण भएको छ । उक्त घट्नाकोनेपाल सरकारको तर्फबाट निश्पक्ष ढंगबाट सत्य तथ्य प्रमाणको छानबिन गरीदोषीलाई हदै सम्मको सजायकोमाग गर्दछ । संविधानले जीवनसाथी छान्ने अधिकार दिएको छ, जात र धर्मको आधारमा विभेद गरिएको छैन तर फरक जातिसंगको प्रेम र विवाहमा समाजको क्रुरत हट्न नसक्नुको कारण नेपाल सरकारका तीनै महत्वपूर्ण अंगहरु न्यायपालिका, कार्यपालिका र व्यस्थापिकाको असक्षमता दलित समुदाय प्रतिको पूर्वाग्रहिले गर्दा नै हो भन्ने हाम्रो ठम्याई छ । नेपालकोकानुनले जातीय आधारमा छुवाछुतलाई दण्डनीय अपराध गरेको ५७ वर्ष भएको छ । मुलुकी ऐन ०२० ले नै छुवाछुत दण्डनीय भनेको छ । कानुनी रुपमा मात्र होइन, व्यवहारमा पनि अब छुवाछुतको व्यवहार हुनेछैन भनेर संसदले २१ जेठ २०६३ मा नेपाल छुवाछूतमुक्त राष्ट्र घोषणा गरेको थियो । तर, व्यवहारमा भने प्रेम गर्ने युवायुवतीले दुव्र्यवहार सहनुपर्ने मात्र होइन, ज्यानै गुमाउनुपर्ने अवस्था अहिले पनि छ । यसै सन्दर्भमा श्रृजनसिल नेपाली समाज यूके, नेपाली राजदुतावास यूके मार्फत नेपालमा अझै पनि सरकार सबै नेपाली जनताका लागि समान रहेको प्रत्याभुति दिलाउन, दोषीलाई कडा भन्दा कडा कारबाही गर्न र मृतक नवराज विकलाई सास्कृतिक सहिद घोषणा गर्न जोडदार माग गर्दछ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।