टेकबहादुर पुन
दाङ । नेपाल आयुर्वेद औषधी व्यवसायी संघ दाङ कमिटिले जोखिममा रहेका जिल्लाका सुरक्षाकर्मीलाई स्वास्थ्य सामाग्री बितरणका लागि अभियान नै चलाएको छ ।
कोरोना भाइरसको संक्रमण फैलदै जाँदा सुरक्षाकर्मी हरुका लागि दैनिक कोरोना जोखिम बढ्दै गएको भन्दै अभियान चलाईएको हो । बिहिबार विभिन्न प्रहरी चौकीमा स्वास्थ्य सामाग्री अन्तरगत मास्क, पञ्जा, स्यानिटाइजर प्रदान गरिएको छ ।
नेपाल आयुर्वेद औषधी व्यवसायी संघ प्रदेश ५ अध्यक्ष देवु बस्नेत, संघका जिल्ला अध्यक्ष प्रकाश अधिकारी, सचिव हेमराज पन्त, कोषाध्यक्ष तथा भ्याली सिद्धार्थ पोलिक्लिनीकका सञ्चालक कर्ण बहादुर ओली (शिशिर), युवा व्यवसायी तथा समाजसेवी मनिष चौधरी, आयुर्वेद औषधी व्यवसायी नरेन्द्र केसी सहितको टोलीले प्रहरी चौकी हेमन्तपुर, प्रहरी चौकी बेलझुण्डी, अस्थायी प्रहरी पोष्ट ग्वारखोलालाई स्वास्थ्य सामाग्री प्रदान गरिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।