पश्चिम् नवलपरासीको सुनवलमा जातिय भेदभाव छुवाछूत विरुद्धको कार्यक्रम



राज चौधरी

पश्चिम् नवलपरासी
सुनवल । रुकुममा अन्तरजातीय विवाह गर्न खोज्दा युवालाई हत्या गर्ने दोषीमाथि कारवाहीको माग गर्दै आजा सुनवलमा बिरोध कार्यक्रम गरिएको छ ।
नेपाल उत्पीडित उत्थान संस्था एक बिरोध कार्यक्रम जारी गर्दै जेठ १० गते रुकुमको चौरजहारी नगरपालिका ८ सोतीमा भएको घटनाका दोषीलाई कारवाहीको माग गरिएको छ ।
‌नेपाल उत्पीडित उत्थान संस्था सुनवल नवलपरसीका अध्यक्ष शिवाबहादुर बिश्वकर्मा अध्यक्षतमा संवैधानिक रुपमा बर्जित भईसकेको जातीय विभेदजन्य सामाजिक अपराधलाई प्रश्रय दिदै आजको सभ्य एवं उन्नत समाजमा एउटा केटा र केटीबीच एक आपसमा लामो समयदेखि प्रेम सम्बन्ध कायम गरी विवाह गर्ने सहमति अनुसार अन्तरजातीय प्रेम विवाह गर्न खोज्दा दलित भएकै कारणले ज्यानै गुमाउने गरी घटना घट्नु अत्यन्तै निन्दनीय भएको उल्लेख गर्दै नेपालको संविधान र विद्यमान कानुन वमोजिम घटनामा संलग्नहरुलाई हदै सम्मको कार्रवाही गरी पीडित परिवारलाई न्याय, क्षतिपूर्ति र सुरक्षाको व्यवस्थागर्न र वेपत्ता भएकाहरुलाई तुरुन्तै खोजि गर्न माग छ ।
घटनामा ज्यान गुमाउनेहरु प्रति हार्दिक श्रद्धान्जली घाईतेहरुको शीघ्र स्वस्थ्य लाभ र पीडित परिवारजनमा समवेदना ब्यक्त गर्दै अध्यक्ष बिश्वकर्माले उक्त हत्याकाण्डको निष्पक्ष छानबीन गरी दाषीमाथि कडा कारवाही गर्न र बेपत्ताहरुको अबिलम्ब खोजी गरी स्थिति सार्वजनिक गर्न माग गरिएको छ ।
जाजरकोट जिल्ला भेरी नगरपालिका वडा नं. ४ रानागाउँका नवराज वि.क. र पश्चिम रुकुमको चौरजहारी नगरपालिका वडा नंं. ८ सोती निवासी सुष्मा मल्ल बीच लामो समयदेखि रहेको प्रेम सम्बन्धलाई अन्तरजातीय विवाह गर्न भनि प्रेमिकाको अनुरोधमा उनकोे घरमा जाँदा नीजको परिवार, उनका नजिकका नातेदार र जनप्रतिनीधि सोही वडाका अध्यक्ष डम्बर वहादुर मल्ल लगायत गाउँलेहरुले गरेको सांघातिक हमलाको घटनाले सिङ्गो दलित समुदायलाई आक्रोशित र मर्माहत बनाउनुका साथै घटनाले मानवअधिकार, नेपालको संविधान, कानुन र लोकतन्त्र कै उपहास गरेको नेपाल उत्पीडित उत्थान संस्थाले ठहर गरकेो छ ।
कार्यक्रम मा दलित समुदाय माथि गरिने जुनसुकै विभेद, अपमान, दमन, शोषण उत्पीडन सम्पूर्ण दलित समुदाय माथिको प्रहार भएको उल्लेख गर्दै यो समस्या सिंगो मुलुकको समस्या र मानवजातिको समस्या भएको उल्लेख गरिएको छ ।
त्यसैगरी पश्चिम रुकुमको चौरजहारी नगरपालिका वडा नंं. ८ सोतीमा भएको गंम्भीर जघन्य अपराधको घटनामा संलग्न अपराधीहरुलाई हदै सम्मको कार्यवाहीको जोडदार माग र घटनाका पीडितको न्यायको पक्षमा भएका आन्दोलनहरुमा नेपाल उत्पीडित उत्थान संस्था सुनवलको तर्फबाट ऐक्यबद्धता जाहेर गरिएको छ

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्