भेरीमा फेरि (कविता )

यी चखेवाहरुकाे जात के के थियाे हाेला ?"


भेरिमा फेरि !
———————-

भेरी नजिकै डुलिरहेका बच्चाहरु,
हुल लगाएर हिडेकाछन्
हातमा गुलेली मट्याङ्गारा लिएर ,
अहाे!क्या गज्जब शिकार भयाे !
एक जाेडि चखेवाहरुकाे जीवन चाखेरै गयाे ।

त्यहि हुलकाे एक शाकाहारी ठिटाे
जसले जीवनभर सुनिरहन्थ्याे कि ,
जाेडी त चखेवाकाे जस्ताे हुनुपर्छ
भर्खर बल्ल उसले साेच्दै छ ,
” यी चखेवाहरुकाे जात के के थियाे हाेला ?”

-दिनेश राज पाठक”निर्भीक”

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्