प्रदेश ५

भेरीमा फेरि (कविता )

By Thah Online

May 29, 2020

भेरिमा फेरि ! ———————-

भेरी नजिकै डुलिरहेका बच्चाहरु, हुल लगाएर हिडेकाछन् हातमा गुलेली मट्याङ्गारा लिएर , अहाे!क्या गज्जब शिकार भयाे ! एक जाेडि चखेवाहरुकाे जीवन चाखेरै गयाे ।

त्यहि हुलकाे एक शाकाहारी ठिटाे जसले जीवनभर सुनिरहन्थ्याे कि , जाेडी त चखेवाकाे जस्ताे हुनुपर्छ भर्खर बल्ल उसले साेच्दै छ , ” यी चखेवाहरुकाे जात के के थियाे हाेला ?”

-दिनेश राज पाठक”निर्भीक”