नुवाकोटका संक्रमित भनिएका युवाको दोस्रो पटक परीक्षण गर्दा रिपोर्ट निगेटिभ



नुवाकोटको कोरोना संक्रमित व्यक्तिमा पुन गरिएको परिक्षणले भाइरसको संक्रमण नभएको देखिएको छ । ककनी गाउँपालिका वडा नं ३ का एक पुरुषमा कोरोना भाइरस पोजेटिभ देखिएको भन्दै आइतबार टेकु अस्पतालमा उपचारका लागि लगिएको थियो।

संक्रमित युवामा कोरोना भाइरसको कुनै पनि लक्षण नदेखिएको हुदा , बुधबार फेरि गरिएको दोश्रो चरणको परीक्षणमा कोरोना भाइरसको रिपोर्ट निगेटिभ आएको जनकारी अस्पताल श्रोतले गाउँपालिका अध्यक्ष मानबहादुर लामालाई गराएको थियो ।अब तेस्रो चरणको परीक्षण हुने छ।

आइतवारसम्ममा तेस्रो चरणको परीक्षणको नतिजा पनि आउने ककनी गाउँपालिकाका अध्यक्ष लामाले जानकारी दिनुभएको छ ।

तेस्रो चरणको रिपोर्ट निगेटिभ आएमा युवा कोरोना संक्रमित नहुने हुँदा उनलाई घर पठाउने छ। आइतबार स्वास्थ्य मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा ककनी गाउपालिकाका ३९ वर्षिय पुरुष सहित १९ जनामा पिसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना भाइरस पोजेटिभ देखिएको जानकारी गराएको थियो।

कामको सिलसिलामा संक्रमित भनिएका व्यक्ति स्थानीय मानिसहरूको सम्पर्क आएका थिए।सम्भावित जोखिममा ध्यानमा राख्दै गाउँपालिकाले संक्रमित युवाको परिवारका सदस्य सहित घुलमिल भएका स्थानीय व्यक्तिहरुको परीक्षण गर्न थालेको छ।

बुधबार देखि सुरु भएको परीक्षणमा ८६ जनाको स्वाव परीक्षण गरेर टेकु प्रयोगशालामा पठाइएको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्