कोरोना भाइरस : विश्वभर ५९ लाखभन्दा बढी संक्रमित, ३ लाख ६२ हजारको मृत्यु



काठमाडौं । कोरोना भाइरसको महामारीबाट विश्वभर ५९ लाख ४ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् ।यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा १ लाख १६ हजार ३०४ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै संक्रमितको संख्या ५९ लाख ४ हजार ६५८ पुगेको छ ।

यस्तै एकैदिन अरू ५ हजार ६१ जनाको मृत्यु हुँदा ज्यान गुमाउनेको संख्या ३ लाख ६२ हजार १० पुगेको हो ।विश्वका २१३ मुलुक र २ वटा पानीजहाजमा फैलिएको कोरोना भाइरसबाट संक्रमितमध्ये २५ लाख ७९ हजार ५३४ जना संक्रमण मुक्त भएका छन् ।

२९ लाख ६२ हजार ८६५ जनाको उपचार भइरहेको छ । उपचारारतमध्ये ५३ हजार ९७५ जनाको अवस्था गम्भीर छ ।शुक्रबार बिहान ७ बजेसम्म कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरुमा १ लाख ७१ हजार ५६८ जनाको मृत्यु भएको छ ।

१९ लाख ६९ हजार ८९९ जना संक्रमित भएकोमा ९ लाख ४८ हजार ४९६ जना संक्रमणमुक्त भएका छन् ।उत्तर अमेरिकी मुलुकहरुमा १ लाख २० हजार ६२३ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या १९ लाख ८४ हजार ६७७ पुगेको छ । त्यसमध्ये ६ लाख २४ हजार ५७७ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै एसियाली मुलुकहरुमा २९ हजार १२० जनाको मृत्यु भएको छ । १० लाख ५१ हजार २६६ जना संक्रमित भएकोमा ६ लाख २१ हजार ७४७ जना संक्रमणमुक्त भएका छन् ।दक्षिण अमेरिकी मुलुकहरुमा ३६ हजार ७३३ जनाको मृत्यु भएको छ । ७ लाख ५७ हजार ४८८ जना संक्रमित भएकोमा ३ लाख २० हजार ७७७ जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरुमा ३ हजार ८१४ जनाको ज्यान गएको छ भने १ लाख ३१ हजार ५८७ जना संक्रमित छन् । संक्रमितमध्ये ५५ हजार १२६ जना संक्रमणमुक्त भएका छन् ।त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा १२५ जनाको मृत्यु भएको छ । ८ हजार ७५९ जना संक्रमित भएकोमा ८ हजार १६२ जना संक्रमणमुक्त भएका छन् ।

कोरोना भाइरसको महामारीले अमेरिकामा १ लाख ३ हजार ३३० जनाको मृत्यु भएको छ ।संक्रमित १७ लाख ६८ हजार ४६१ जनामध्ये ४ लाख ९८ हजार ४२५ जना संक्रमणमुक्त भएका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्