महेश सिंह सिरहा १६ जेठ । सिरहाको लहान नगरपालिका वडा नम्बर –१५ मा १० घर बिपन्न डोम परिबारलाई पहिलो प्राथमिकता दिई राहत बितरण गरेको छ । लहान १५ ढोढनामा जम्मा १० घर धुरी डोम हरुको बस्ती रहेको वडा अध्यक्ष तेजनारायण चौधरीले जानकारी दिनु भयो । डोम परिवारको पुर्खौली पेशा समेत मार्मा परेको छ । उनिहरुको जिबन यापन गर्न समेत कठनियाई खेपनु परेका छ ।
नेपाल लकडाउन भएको तिन महिनाको हाराहारीमा पुग्यो उनीहरुको पुर्खौली पेसा समेत मार्मा परेको एक पीडितले बताउँछन् । घरमा अन्न न हुँदा गाउँका हुने खानेको घरबाट ऋण कर्जा लिएर दिन बिताउने गरेका थिए । वडा अध्यक्ष तेज नारायण चौधरीले आफु बसेको वडा भित्र गरिब असाहाई एकल महिला अतिबिपन दलित समुदायलाई विशेष प्राथमिकता दिने गर्छौ बताए ।
मल्लिक लगायतका बिपन्न परिवार मजदुरहरुलाई राहत दिईएका हुन। लहान १५ ढोढनामा चौथो पल्ट राहत लिएर गए पछि बिपन परिवारमा खुशी भएर महेश चौधरी र संगिता कर्माचार्य लाई गर्मी यामको मध्य नजर गर्दै अभियनता जोडीको सम्मान स्वरुप आफ्नो हातले बनाएको बेना दिएर सम्मान गरेका थिए । पछिल्लो समय उनले लहान २३ मा राहत दिन पुग्दा सम्मानित भएर घर फर्केको थिए । योभन्दा अगाडि वडा नम्बर– १२ जटीयाही टोलका ३५ घरपरिबार हरुलाई राहत बाडेका थिए ।
राहतमा प्रतिपरिबार १० किलो चामल , १ किलो नुन , आधा लिटर खानेतेल , एक पाउ स्वाबिन लगायतको राहत सामग्री दिईएको उनिहरुले जनाए । राहत अभियनता जोडीले नेपालमा जबसम्म लकडाउन रहन छ तब सम्म हामी राहत बाडने कार्य निरन्तर चलिरहने छ नेपाल महिला संघका केन्द्रिय सदस्य संगिता कर्माचार्य ले बताए । लहान नगरपालिकाका वडा नम्बर – १ देखि –२४ सम्मका बिपन्न परिबारको घरमा अन्नदान गर्न पुगेको सामाजसेबी महेश र संगिता की जोडीले बताए ।
हाल सम्म करिब ३ हजार बिपन्न परिवारलाई प्रति परिवार १० किलो चामल ,१ किलो नुन ,आधा लिटर खानेतेल , स्वाबिन लगायतका दैनिक उपभेग्य सामग्रीहरु दान गरेको अभियान ता जोडी बताउनु भयो । गाउँमा रहेको गरिब बिपन परिवार प्रति सदैब सहयोगको भावना राखेको जन प्रति तथा समाज सेबि राम कुमारी दास ले बताउनु भयो । वितरण कार्यक्रममा सहयोगका लागि महेश्वरी चौधरीको सहयोग रहेको राहत अध्यक्ष चौधरीको रोहबरमा वितरण गरेको अभियानता जोडीले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।