खेलकुद

इंग्लिस प्रिमियर लिग जुन १७ देखि सुरू हुने

By Thah Online

May 29, 2020

काठमाडौं । कोरोना भाइरसको महामारीले स्थगित भएको इंग्लिस प्रिमियर लिग यही जुन १७ देखि सुरू गरिने भएको छ ।

९२ खेल हुन बाँकी रहँदा महामारीका कारण गएको मार्च १३ देखि रोकिएको प्रिमियर लिगका बाँकी खेल १७ जुनदेखि सुरू गर्न लागिएको हो ।

जुन १७ मा एस्टन भिल्ला र शेफिल्ड युनाइटेड तथा म्यानचेस्टर सिटी र आर्सनलबीच खेल हुने भएको छ ।

बन्द रंगशालमा हुने खेलहरू २१ जुनबाट पूर्ण तहमा अर्थात सबै रंगशालामा दर्शकबिना नै पूर्ववत अवस्थामा सुरू गर्ने तयारी भएको छ ।