नेकपा नेतृ भुजेललाई धनुषाबाट पुनः पक्राउ गरी कैलाली लगियो

भुजेललाई धनुषाबाट पुनः पक्राउ गरी कैलाली लगियो


धनुषा संवाददाता ।
नेपाल कम्युनिस्ट पार्टीका तत्कालीन पोलिटब्युरो सदस्य उमा भुजेल शिलुलाई धनुषा बाट पुनः पक्राउ गरि कैलाली लगिएको छ । मेचिकोशि ब्युरो इन्चार्ज समेत रहेकि नेतृ भुजेललाई धनुषा जिल्ला अदालतले तोकेको धरौटी रकम बुझाएर रिहाइ भए लगत्तै अदालत परिसर बाट पुनः पक्राउ गरि कैलाली लगिएको हो ।

जिल्ला न्यायाधिस तिर्थराज केसीको इजलासले भुजेललाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो । तोकिएको धरौटी बुझाएर रिहाँ भएकी भुजेललाई प्रहरीले अदालत परिसरबाटै पुनः पक्राउ गरेको छ । भुजेलको तर्फबाट अधिवक्ता कपिलचन्द्र पोख्रेल, कला त्रिताल लगायतले बहस गरेका थिए ।

नेतृ उमा भुजेल झापा जिल्ला अदालतको आदेश अनुसार धरौटी तिरेर रिहा भएलगत्तै प्रहरीले फेरी पक्राउ गरेर धनुषा लगिएको थियो ।
नेकपाको तत्कालीन पोलिट ब्यूरो सदस्य तथा मेची-कोशी ब्यूरो इन्चार्ज भुजेललाई गत पुस १२ गते सुनसरीको चक्रघट्टीबाट प्रहरीले पक्राउ गरेको थियो ।

उनलाई जिल्ला अदालत सुनसरीले छाड्ने आदेश दिएपनि पुनः पक्राउ गरि झापा लगिएको थियो । झापा अदालतले पनि भुजेललाई धरौटीमा छाड्ने आदेश दिएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्