रुकुम हत्याकाण्ड : डोरीले बाधेर नदिमा फालिएका लोकेन्द्र सुनारको दाहसंस्कार गरिदै



सरु सुनार, काठमाडौ । गत जेष्ठ १० गते शनिबार जाजरकोटकाट नबराज बिक , रुकुम चौरजहारीकी सुस्मा मल्लसगको प्रेम पछी बिवाहा गर्न भनी १८ जना साथी सहित सुस्मालाइ लिन गएका थिए तर घर पुग्नु नपाउदै गाउले र सुस्माको परिवारले नबराज बिकलाई हत्या गरि भेरी नदिमा फालेका थिए उनी सहित अरु पाँच जनालाई हत्या गरि नदिमा फालेको थिए ।
नबराज बिक ,टिकाराम बिक र गणेश बुढा मगर र लोकेन्द्र सुनारको लास प्रहरी र गाउँलेले भेरी नदिमा बीभत्स हत्या गरि फालिएको अबस्थामा फेला पारिसकेका छ्न ।

सन्जु बिकको लास पनि भेरी नदिमा भेटीएको छ भेटिएका लास सगैं अन्तरजातीय प्रेम र बिवाहा गर्न लागेका नबराज बिकका साथी र साक्षीहरु पाच जना जुन बेपत्ता थिए सन्जु बिक भेटिएका छन् भने अब एक जना गणेश बुढा अझै बेपत्ता भएका छन् नबराज बिक सहित २जनाको दाहसस्कार गरि सकेको छ भने ।
लोकेन्द्र सुनारको आज दाहसंस्कार गरिदै छ ।

अन्तरजातीय प्रेमका पुजारी र उनका साथीहरुको हत्या विवरण र सबैको भेरी नदिमा बीभत्स हत्या गरि फालिएको अबस्थामा लास भेटिएको र बेपत्ता छ

विवरण यसप्रकार छ –

१. भेरी नगरपालिका ४ का २१ बर्षीया – नबराज बिक
२.भेरी नगरपालिका ४ का १८ वर्षीया -सन्जु बिक
३.भेरी नगरपालिका ४- गणेश बुढा
४. भेरी नगरपालिका ११-लोकेन्द्र सुनार
५. चौरजहारी नगरपालिका – टिकाराम सुनार
६. भेरी नगरपालिका ११- गोबिन्द शाही

रहेका छन्

नबराज बिक सहित २ जनाको दाहसंस्कार गरिएको छ । दाहसंस्कार सगै यो हत्याकाण्ड कतै काभ्रेको अजित मिजारको जस्तै हुने त होईन ? पोस्ट्मार्टम रिपोर्ट नआउदै दाहसंस्कार गरिनु झन थप प्रमाण नस्ट हुनु हो भन्दै अधिकारकर्मीहरुले आशका ब्यक्त गरेका छन् ।

प्रत्यक्षदर्शी स्थानीय पत्रकार टेकेन्द्र बस्याल लेख्छन्

“मृतक नवराज विकसहित ४ जनाको शव आज दाहसंस्कार गरेसंगै यो मुद्धा राष्टियकरण, अन्तराष्टियकरण समाप्त हुने निश्चित छ । पोष्टमार्टम रिर्पोट पनि राजनैतिक दवावमा कुटपिट, चोटपटक नभएको, डुबेरै मृत्यु भएको बनाउने निश्चित छ । शव नरहेपछि, पोष्टमार्टम रिर्पोट गलत आएपछि नवराज र अन्य ५ जनाको कुटपिट गरि भेरी नदिमा फालिएको घटना समाप्त हुनेछ । जाजरकोट र रुकुमका नेताहरुले दलित, जनजातीका भोट अर्को चुनावका लागि बचाउने निश्चित छ ।”

रुकुममा अन्तरजातीय प्रेम र बिवाहाले जातकै कारण भएको उक्त हत्याकान्ण इतिहास कै ठूलो दलित समुदाय माथीको बर्बरता र नरसंहार घटना भन्दै अपराधीलाई कारवाहीको माग गर्दै अधिकारकर्मीहरुले विभिन्न जिल्लामा आन्दोलन गरिरहेका छन् ।

लास जलाउदै गरेका पत्रकार लक्षण रसाइली लेख्छन् :-

“रूकुम घटना-डोरीले बाँधेर नदी मा फालिएका लोकेन्द्र सुनार को आज अन्त्यष्टि गरिँदै!धेरैले भन्नु भो डोरीले बाँधेर हत्या गरिएको होइन,यसको खास वास्तविकता पारिको भागबाट डोरी लगाएर निकाल्दा फुस्केको हो। र प्रत्यक्ष दर्शी सुरक्षा कर्मी स्थानीय साक्षी छन्!र अन्य व्यक्तिलाई पनि धेरै जस्तो टाउको,मुखमा निर्घात कुटेर मारिएको छ!अब बाँकी सञ्जु विक को दाहसंस्कार गर्न बाँकी छ गोविन्द शाही को भने शव नै भेटिएको छैन!आज बिहान मात्र गृह मन्त्रालय बाट छानबिन समिति आएको छ र आशा छ दोषी माथि कडा कारबाही हुने छ!”

गत मंगलबार सदनमा रिपोर्ट पेस गर्दै पुर्ब गृहमन्त्री जनार्दन शर्माले भने केटिको घरमा हुन बाधी जादा वडा अध्यक्षले फोन गरे प्रहरी आएको र केटाहरु भाग्ने क्रममा आफै भेरी नदिमा हाम्फालेको भनी रिपोर्ट पेश गरेका छन् ।यतिबेला जनार्दन शर्माको चर्को बिरोध भएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्