तुलसीपुरमा बम बिस्पोट, ९ जना पक्राउ



दिपक बोहरा

तुलसीपुर,२१ मंसीर । तुलसीपुर ९ दोघरे नजिक बम विस्फोट भएको छ । एक समुहले आज बिहान करिब ६ बजे तिर बम बिस्पोट गराएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ । बम बिस्पोटबाट कुनै क्षति भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी सुधिरराज शाहीले जानकारी दिए । दोघरे स्कुलको ४ सय मिटर पुर्बमा रहेको खाली जमिनमा बम बिस्पोेट बनाएको डिएसपी शाहीले जानकारी दिए । मतदातालाई त्रसाउन बिस्पोट बनाएको हुन सक्ने उनले बताए । यसैबीच बम बिस्पोट गराउने ९ जनालाई प्रहरीले नियणत्रणमा लिई अनुसन्धान गरिरहेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्