जहाँ समस्याहरु छन त्यहाँ समाधान पनि हुन्छन् ! हामी चिन्तामुखी छौ, चिन्ता भन्दा ज्यादा चिन्तन गर्न सिकियो भने समाज बिकास र परिवर्तनले रुप फेर्न समय लाग्दैन ! यो पटक शोले आवाजले एउटा यस्तै चिन्तन गर्यो, बिशेषगरि लाम्मेलामा जातीय विभेदको सवालमा हिजो देखी आज सम्म आउँदा पनि किन दलित समुदाय माथिको विभेद जस्ताको त्यस्तै छ त? यसको बिसयमा बहस वा कुनै पनि सकारात्मक क्रियाकलाप आवश्यक छ कि छैन त? करीब १० दिन बराबरको समयमा दलितमाथि कुनकुन ठाउँ र कस्तो कस्तो क्रियाकलापमा विभेद छ भनेर हाम्रो तीमले दाता संकलन गरि प्रतिनिधि प्रश्न गराउदै उक्त समस्याहरु बारे सहक्रमी जसिन्द्र श्रीपालीले ४ नम्बर वडा अध्यक्ष उदिम बहादुर छन्त्याल संग कुराकानी गर्नु भएको छ! प्रस्तुत छ उहाँ संग गरिएको कुराकानी :
अध्यक्ष ज्यु समुदायमा अझै पनि विभेद ब्याप्त छ भन्ने कुरालाई कत्तिको महसुस गर्नु भएको छ?
समाजमा विभेद छैन भन्न सक्ने बनिसकेको छैन त्यो स्वीकार गर्नै पर्छ तर जति सुरुका दिनहरूमा हुन्थ्यो अहिले त्यो अवस्था छैन क्रमिक रूपमा सुधार भएको छ।
तर नि अध्यक्ष ज्यु परम्परागत सोचको हावी अझै उर्लदो छ भन्ने दलित समुदायको बुझाइ छ?
अन्यायमा परेको ब्यक्तिले त्यो सोच राख्नु स्वभाविक हो तर परिवर्तन हुनु परम्परागत सोचाइ कायम रहिरहनु होईन हिजोको तुलनामा आज विभेद कम भएको छ भने बुझ्नुपर्छ कि बिस्तारै परम्परागत सोच हरु पनि तोडिएको छ!
कुन कुन कुरामा दलित समुदाय माथी अझै विभेद कायम छ भन्ने कहिलेकाही सोच्नु हुन्छ ?
हैन सोच्दै नसोच्ने भन्ने हैन तर मेरो सोचाइ त्यति नहुन सक्छ जति भोग्ने हरुको बुझाइ छ, यो बिसयमा उहाँहरूकै विचार दमदार हुन सक्छ कि?
अध्यक्ष ज्यु केहि उदाहरण दिएरै भनौं दलित समुदाय जसले बिवाहा,उत्सव वा काचक्रिया जस्ता सामाजिक काममा अझै बढी विभेद खेप्नुपरेको गुनासो गर्नु हुन्छ नी ?
अ यसलाई केही हदसम्म स्वीकार्नुपर्छ किनकि चाहे खुशीको उत्सव बिवाहा होस वा दुख को क्षण काचक्रिया होस यसलाई मनाउने र समापन गर्ने आफ्नै आफ्नै नियम शैली र संस्कार हुन्छन् , हामीले हाम्रो संस्कार अनुसार काम गर्दा अर्को समुदाय माथि केहि त्यसका असरहरु पर्न सक्छ यसमा विभेद बुझ्नु हुदैन ।
तपाईंले तपाईंको परिवार वा जातीय हिसाबमा गरिने काम अनुसार संस्कार फरक होलान् तर सामाजिक रुपमा गरिएको काममा पनि त विभेद त छ नि हैन ?
हो मैले अगाडि पनि थपे कि हामीले हाम्रो संस्कार मान्दै गर्दा अर्को समुदायलाई त्यसको केही न केही असर पुग्न सक्छ तर त्यसलाई विभेद नै सम्झी हाल्नु हुदैन ।
अध्यक्ष ज्यु तपाईं घुमाइ फिराइ विभेद छैन वा गरिएको हैन भन्ने कुरालाई जोड दिन खोजिरहनु भएको हो?
हैन बुझाइ कस्तो भन्ने पनि हुन सक्छ, म तपाइँलाई पुन अवगत गराउछु कि विभेद भएको छैन भन्ने हैन छ तर तुलनात्मक रुपमा यसले परिबर्तन लियिरहेको छ! यस्ता विसयमा परिवर्तन भनेको गुणात्मक नभएर तुलनात्मक रुपले हुने हो।
विभेदका अनेकौं किसिम छन उसो त हामी दैनिक बोलीचालीको भाषामा प्रयोग गर्ने शब्दमा पनि विभेद देखिन्छ नि? तपाईं महसुस गर्नु हुन्छ ?
म अहिलेको अबस्थामा यो स्वीकार गर्न सक्दैन किन कि हिजोको दिनमा त्यो केही परम्परागत सोच भएका मान्छेले त्यो किसिमको विभेद दर्शाए पनि अहिले त्यो अवस्था छ भन्ने स्थिति छैन ।
यसलाई अझ प्रष्ट पारौं अध्यक्ष ज्यु जस्तो कि भान्जा पर्ने लाई पनि अलि तुच्छ तरिका बाट ओइ भान्जा भनी दिने , साहिनो वा उमेरले माथी रहेका ब्यक्तिलाइ पनि त जोडेर बोलिदिने यो पनि त विभेद नै हो नि हैन ?
मैले माथी पनि भने कि अहिलेको अबस्थामा आएर यो स्वीकार गर्न सक्ने अवस्था छैन, बरु यो बिसयमा त दलित बाट जनजाति हेपिएको देख्छु म, अहिले अधिकांश दलित युवाहरू जनजाती माथी प्राय त नै प्रयोग गरेको सुनिन्छ, हामीले हामी भन्दा उमेर कम भएका वा एउटा प्रेम झल्काएर त प्रयोग गरेता पनि दलित युवाले असभ्य तरिका बाटै त प्रयोग गरेको पाइन्छ ।
मैले अगाडि पनि भने विभेदका विभिन्न किसिम छन, दलित समुदाय माथी पदिय हिसाबले समेत विभेद छ, जस्तो दलित अध्यक्ष हुनै हुदैन भन्ने भै हालेपछि विभिन्न आलोचना आउने यसलाई कसरी लिनु हुन्छ ?
यसको पनि आ-आफ्नै बुझाइ हो तपाईं कानुनीगत रुपको कुरा गर्नु भएको हो भने निर्वाचनले तोक्ने कुरा हो, समाजमा हुने गरेका क्रियाकलाप बारे भन्नुहुन्छ भने हाम्रो कामको सम्पुर्ण उपभोक्ता समितिको अध्यक्ष दलित समुदाय बाटै हुनुहुन्छ, राजनीतिको कुरा गर्नु हुन्छ भने हाम्रो पार्टी अध्यक्ष दलित नै हुनुहुन्छ र अन्य शैक्षिक क्षेत्रमा पनि दलितकै बर्सचो देखिन्छ !
तपाई राजनीतिक प्रसङ्ग पनि जोडिहाल्नु भयो विभेद त यहाँ पनि छ, तपाईंहरु संगै चुनाव प्रचार गर्नु भयो तर खाजा अलग अलग अझ तपाईहरुकै घरदैलो मा खाजा खाना पर्यो भने त दलित लाई घर भित्र लाने भन्दा ज्यादा हतार बाहिर गुन्द्री ल्याउनेमा हुन्छ यसलाई कसरी लिने ?
उम्म.. यो पनि स्वीकार योग्य कुरा नै हो, तर यसलाई अझै यसरी बुझ्दा राम्रो हुन्छ, समाजमा अहिले बल्ल त जनवाद आएको छ, बिस्तारै समाजवाद आउला त्यसपछि साम्यवाद यसरी क्रमिक रूपमा आउने परिवर्तनमा केहि समय त लाग्छ नै!
मौन बसेर मात्रै परिवर्तन त पक्कै हुदैन होला, जनवाद बाट समाजवाद तर्फ जान प्रयास चाहिँ कस्ले गर्ने त?
यो त नेपाली कथन जस्तै हो बैचारिक छलफलमा यो प्रयोग सहज भएता पनि मान्छे स्वयं नलागे सम्म यसको प्रतिफल पाउन सम्भव देखिदैन तसर्थ हामी यो पक्षमा ध्यानाकर्षण गर्छौ ।
यो समग्र कुराकानीमा विभेद कम होला तर छ भन्ने कुरा त प्रष्ट देखिन्छ नै अब समस्याको मात्र कुरा नगरौ यसको समाधानबारे तपाई के भन्नू हुन्छ ?
पहिलो कुरा हामी विभेद गर्दै गर्दैनौं हाम्रो कार्यकक्षमा पनि दलित प्रतिनिधि र हामी संगै पकाएर खान्छौ यसैगरी प्रतिनिधिहरुले विभेद नगरी दिने, यसरी नै बिचार गोष्ठी लगायतका विभिन्न काम गरेमा यसलाई न्यूनीकरण गर्न सकिन्छ ।
एउटा जन्मिए पछि उसलाई जातको आधारमा विभेद हुन्छ, दलित परिवारमा जन्मिएको मान्छे अरु समुदायको मान्छे सरह समान हुन कति समय कुर्नु पर्ने?
यो अलि गहन प्रश्न पनि हो, यो कुनै निश्चित समय कुर्ने भन्ने कुरा होइन यसको निमित्त पहिले दुबै समुदाय शिक्षित हुन आवश्यक छ, पुरानो अवशेषहरु अझै कायम हुनु र त्यसको प्रभाव जन्मजात नै पर्ने भएकोले यो मात्रात्मक रूपमा परिवर्तन भएको हो, म गाउँ बाहिर त खासै विभेद देख्दिन गाउँमा पनि ५०% परिवर्तन आएको हो, केही प्रभाव धर्म, सस्कृतीको पनि छ तर समाजमा शिक्षा र चेतनाको बिकाश हुँदै जादा विभेदको पनि अन्त्य हुँदै जानेमा बिश्वास गर्नुस् ।
यो समय तपाईं सिङ्गो लाम्मेलाबासी को अभिभावक हो, सुरुवात तपाईं बाट नै गरिनुपर्थ्यो तपाई दलित समुदायको घरमा गएर खानु हुन्छ ?
मैले हाल सम्म सबै दलितको घरमा गएर खुलेयाम खाएको त छैन तर केहि दलितहरु को भान्सामा बसेर भने खाएको छु , मलाई अहिले परिवर्तनको निमित्त बिद्रोह गर्न समेत असाध्यै गार्हो भएको अवस्था हो किन कि म पदिय हिसाबले साझा प्रतिनिधि भएता पनि हाम्रो समाज जातीय वर्गीकरण छ, मैले बिकृती र विभेद विरुद्ध खुलेयाम काम गर्दा पनि दलित समुदायको पक्ष गर्यो भनेर बिरोध हुने र मौन बस्ने समेत स्थिती नरहने भएकोली म जटिल अवस्थाको सामना गरिएको छु आशा गरौं यो परिस्थिति बाट चाडै उन्मुक्ति मिल्ने छ।
यो चरम विभेद बारे तपाईं केहि सोच्नु हुन्छ कि विकल्प हरु केही हुन सक्छन भनेर ?
हैन यसमा मैले ब्यक्तिगत रूपमा सोच्नु पर्ने नै के हो र कानुनी रुपमै सोचिएको बिसयमा मैले समर्थन नगर्ने कुरा पनि हैन कुनै पनि दलित समुदायको ब्यक्तिले म जातीय अपमानमा परे भनेर न्याय खोज्न आए कानुन बमोजिम मैले आफ्नो भुमिका निर्वाह अवश्य नै गर्ने छु।
साथै जनजाति समुदायका शिक्षित ब्यक्तिले पनि दलित समुदाय संगै बसेर खाइ दिने वा आफ्नो परिवार आफन्त लाई यो कु-संस्कार हो भनेर बुझाइ दिए परिवर्तन आउन समय लाग्दैन ।
श्राेत:- शोले आवाज पत्रिका
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।