रुकुम हत्याकाण्ड :दलित अधिकारकर्मीले न्याय माग्दै चितवन जि.प्र.का घेराउ चर्कियो आन्दोलन

सिडियो साप बाहिर आउ, मान्छे मार्न पाइदैन


सरु सुनार ,थाहा अनलाइन । जेठ १० गते केही साथीहरुसंग आफ्नी प्रेमिका लिन गएका नवराज विकलाई जातीय आधारमा गाली गलौज, अपमान सहित गाउलेहरुले उनी सहित उनका साथीहरु ५ जनालाई लखेटी–लखेटी मारेर भेरी नदिमा फालिदिएका थिए। घटनाका दोषीहरुलाई कारबाही गर्न उनीहरुले माग गरेका छन । घटना स्वयम वडा अध्यक्षको रोहोबरम भएको र लखेटेर कुटपिट गरी नवराज लगायत उनका साथीहरुलाई मारेर भेरीमा फालेको पीडितहरुको भनाइ छ । हात खुट्टाबाधी भेरीमा फालिएका ५ जनाको शव फेला परेको र एकजनाको शव अझै व्यपत्ता रहेको अवस्थामा निष्पक्ष छानविन गर्न प्रदर्शनकारीहरुले माग गरेका छन् रुकुम जातकै कारण भएको यो हत्या नेपालमा इतिहास कै दलित समुदायमाथिको भयानक कोतपर्ब भनी अधिकारकर्मीहरु आन्दोलन र प्रदर्शनमा उत्रेका छन् । आन्दोलन देशैभरी चर्केको छ । जाजरकोटमा निरन्तर आन्दोलन चलेको छ भने विभिन्न काठमाडौ ,कैलाली , रुकुम , चितवन , कैलाली ,चितवन, इटहरी , धरान , बुटवन , रामेछाप , मुग्लिङ ,देखि विभिन्न जिल्लाहरुमा पेलेकार्ड , कालो ब्यानर सहित सिडिओलाई ज्ञापन पत्र साथै जिल्ला प्रशासन अगाडी धर्ना बसेका छन् । जातीय छुवाछूत बन्द गर , जातीय विभेद बन्द गर, मान्छे मार्न पाइदैन, अपराधीलाई फाँसी दे, जस्ता पेलेकार्ड बोकी न्यायको पर्खाइमा यतिबेला सिङ्गो देशमा अधिकारकर्मीहरु सडकमा उत्रेका छन् । हत्या गरि भेरी नदिमा फालिएका ५ जनाको लास भने बिभत्स हत्या गरि फालिएको अबस्थामा भेटिएको छ । नबराज बिक लगाएत ३ जनाको आज दाहसंस्कार गरिएको छ भने बाकी सन्जु बिकको लास पनि आज भेटिएको छ । घटनाको सत्यतथ्य छानबिन गरि अपराधी उम्काउने प्रयास भए अर्को आन्दोलनको घोषणा गरि उत्रने दलित अधिकारकर्मिहरुले चेतावनी दिएका छन् ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्