टप फिचर

नुवाकोट ककनीका कोरोना संक्रमित निको भएर घर फर्किए

By Thah Online

May 29, 2020

नुवाकोट, जेठ १६ नुवाकोटका कोरोना संक्रमित निको भएर घर फर्किएका छन् ।

जेठ ११ गते आईतवार कोरोना संक्रमण पुष्टि भएर टेकु अस्पतालमा उपचार गराइरहेका नुवाकोटको ककनी गाउँपालिका वडा नम्बर ३ का नवराज ढुंगाना (विश्वास) शुक्रबार निको भएर घर फर्किएका हुन् ।

काठमाण्डौँ महानगरपालिकाको समन्वयमा भएको कोरोना परीक्षणमा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो ।