समाचार

रौतहटमा एकै दिन थपिए ५६ जना कोरोना संक्रमित

By Thah Online

May 29, 2020

काठमाण्ठौँ, जेठ १६ रौतहटमा एकै दिन ५६ जना कोरोना संक्रमित थपिएका छन् ।

जिल्लाको राजपुर नगरपालिकामा ३३ जना, ईशनाथ नगरपालिकामा १५ जना, बौधीमाई नगरपालिकामा २ जना र मौलापुर नगरपालिकामा ६ जना संक्रमित थपिएका हुन् ।

संक्रमण पुष्टि भएका सबै जनालाई गरुडास्थित विर्तामा रहेको प्रहरी विद्यालयको आइसोलेसनमा ल्याउने तयारी भइरहेको रौतहटका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जानकारी दिए । बिहीबारसम्म जिल्लामा १ सय २५ जना मात्रै संक्रमित थिए ।