समाचार

थप १७० जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १२१२ पुग्यो

By Thah Online

May 29, 2020

काठमाण्ठौँ, जेठ १६ नेपालमा थप १७० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। पछिल्लो २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा १७० जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार संक्रमण देखिएका देशका विभिन्न जिल्लाका छन्। आज थप भएका १७० सहित नेपालमा संक्रमितको संख्या १ हजार २ सय १२ पुगेको छ।

हालसम्म नेपालमा कोरोना संक्रमण देखिएकामध्ये ५ जनाको मृत्यु भइसकेको छ भने उपचारपछि २ सय ६ जना निको भएका छन्। पछिल्लो समय थप १९ जना डिस्चार्जा भएपछि निको हुनेको संख्या २०६ पुगेको डा देवकोटाले जानकारी दिए।