जसिन्द्र श्रीपाली
७८ वर्षका रविलाल छन्त्याल जो लठ्ठी टेकेरै सिमा सुरक्षामा खटिएका छन । बिश्वब्यापी रूपमा कोरोना भाइरस फैलिए संगै यतिबेला सुरक्षाको निमित्त पनि के गर्ने र कसरी गर्ने भन्ने कुराको चौतर्फी चिन्ताको बिसय बनेको छ। केही दिन अगाडिभारत बाट नेपाल आइ तमानखोला गाउपालीका ३ तमानको क्वारेन्टाइनमा बसेका ४ जनामा कोरोना भाइरस पोजेटिभ रिपोर्ट आए संगै तमानखोला गा.पा. बासिन्दामा थप त्रास थपिएको छ।उच्च सतर्कता अपनाएको तमानखोला ले सुरक्षा लाई थप मजबुत बनाएको छ। तमानखोला गा.पा. ४ लाम्मेलाले आकस्मिक बैठक बसेर सम्पुर्ण नाकामा प्रत्येक घरदुरी बाट १ जना र समुहमा ४ जना बस्ने गरि छलफल गरे संगै लाम्मेलाबासी विभिन्न नाकामा सुरक्षाको निमित्त खटिएका छन् ।
बिहान देखी नै म्याग्दी र बाग्लुङको सिमानामा सिम सिम पानी परिरहेको छ, हुप्प कुहिरो लागेको छ, चार जनाको एउटा बुढो समुह शोले नाकामा देखिन्छन् रबिलाल छन्त्याल , ख प्रसाद छन्त्याल , भिम बहादुर छन्त्याल र महेन्द्र श्रीपाली।
७८ बर्सिय रबिलाल छन्त्याल हातमा लठ्ठी समाएर सिमसिमे पानीमा पनि सामान गर्दै पैदल आवतजावत गर्ने नागरिक कडाइको निमित्त शोलेमा उभिएका छ्न, यो चिसो हावामा पनि किन यसरी खटेको भन्ने प्रश्नमा रविलाल बुवा मुस्कुराउदै जवाफ दिन्छन् अहिले समय खराब चलेको छ, यस्ता प्रकारका थुप्रै रोग उबेला पनि आउथे तर हामी संग ज्ञान र चेतनाको कमिले सहजै रोकथाम गर्न सक्दैन थियौ तर अहिले प्रबिधि सजिलो छ, सबै कुराको निधान गर्न सकिन्छ अहिले कोरोना भाइरसको रोकथाम भनेकै रोग बाट ग्रसित मान्छे संग सुरक्षीत बस्नु हो भन्छन् मैले यहाँ चिसोको सामना गर्दा गाउँ र गाउले जनता सुरक्षीत रहन्छन् भने मैले यति पानी खेप्नुमा के गाह्रो भयो र।
रविलाल बुवा हातको लठ्ठी भुइँमा राख्दै थप्छन् म साझ बिहान रेडियो सुन्छु समाचार सुन्दा मन पिरोलिन्छ, विश्वभरी मान्छेहरू अकालमा मरेका छ्न हामीले बेलैमा सजक न अपनाए पछाडि हाम्रो पनि जटिल अवस्था आउन सक्छ , सकेसम्म युवा पुस्ताले पनि हामीलाई यो रोग र यसको निधान बारे बुझाउदै गए सबैलाई फाइदा हुने थियो , रोग भन्ने कुरा जात धर्म धनी गरिब छुट्याएर आउने होइन त्यसकारण सबैले ठेस लाग्नु भन्दा अगाडि सोच्न आबश्यक छ। म यहाँ साझ ६ बजे सम्म बस्छु सबैले फराकिलो सोच राखिदिने हो भने हामी रोग लाग्न बाट जोगिन्छौ । मैले बुझ्दा यो बेला भनेको सकेसम्म बिना काम बाहिर नजाने , धेर मान्छेको हुलमा नबस्ने रैछ म सबैलाई सुरक्षीत रहेर बस्न अपिल गर्दछु।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।