रुकुम हत्याकाण्ड :पुर्ब देखि पश्चिम सम्म न्यायको माग गर्दै उर्लियो आन्दोलन

अपराधीलाई फासी दे! सिडियो साप बाहिर आउ, मान्छे मार्न पाइदैन


 

सरु सुनार ,थाहा अनलाइन    जेठ १० गते केही साथीहरुसंग आफ्नी प्रेमिका लिन गएका नवराज विकलाई जातीय आधारमा गाली गलौज, अपमान सहित गाउलेहरुले उनी सहित उनका साथीहरु ५ जनालाई लखेटी–लखेटी मारेर भेरी नदिमा फालिदिएका थिए। घटनाका दोषीहरुलाई कारबाही गर्न उनीहरुले माग गरेका छन । घटना स्वयम वडा अध्यक्षको रोहोबरमा भएको र लखेटेर कुटपिट गरी नवराज लगायत उनका साथीहरुलाई मारेर भेरीमा फालेको पीडितहरुको भनाइ छ । कसैका हात बाधेर फालेको , कसैको टाउको भरी धारिलो हतियारले हानेको अबस्थामा भेरीमा फालिएका ५ जनाको शव फेला परेको र एकजनाको शव अझै व्यपत्ता रहेको छ ।

घटनाको  निष्पक्ष छानविन गर्न प्रदर्शनकारीहरुले माग गरेका छन् रुकुम जातकै कारण भएको यो हत्या नेपालमा इतिहास कै दलित समुदायमाथिको भयानक नरसंहार हो भन्दै पुर्ब देखी पश्मिमसम्म घटनाका दोषीहरु माथी कडा कारवाहीको माग गर्दै पार्टी , संगठन र अधिकारकर्मीहरु आन्दोलन र प्रदर्शनमा उत्रेका छन् । आन्दोलन देशैभरी चर्केको छ ।

जाजरकोटमा निरन्तर आन्दोलन चलेको छ भने विभिन्न जिल्ला   काठमाडौ , झापा, दमक , इटहरी , धरान कैलाली , रुकुम , चितवन , कैलाली ,चितवन, इटहरी , धरान , बुटवल रामेछाप , भरतपुर , भरतपुर , भोजपुर ,ताप्लेजुङ , उदयपुर ,भैरहवा , दाङ काकडभिट्टा मुग्लिङ , प्युठान देखि विभिन्न सडक , चोक साथै इलाका प्रशासन घेराउ , दबाब र्याली जिल्ला प्रशासन साथै जिल्लाहरुमा , पेलेकार्ड , कालो ब्यानर सहित सिडिओ मार्फत प्रधानमन्त्रलाई ज्ञापन पत्र साथै जिल्ला प्रशासन अगाडी धर्ना बसेका छन् ।

जातीय छुवाछूत बन्द गर , जातीय विभेद बन्द गर, मान्छे मार्न पाइदैन, अपराधीलाई फाँसी दे, जस्ता पेलेकार्ड  बोकेर नाराबाजी गर्दै  न्यायको पर्खाइमा यतिबेला सिङ्गो देशमा अधिकारकर्मीहरु सडकमा उत्रेका छन् । हत्या गरि भेरी नदिमा फालिएका ५ जनाको लास मध्ये बिभत्स हत्या गरि फालिएको अबस्थामा भेटिए संगै नबराज बिक ,टिकाराम सुनार, गणेश बुढाको , लोकेन्द्र सुनारको परिवार र आफन्तले लास जिम्मा लिएर दाहसंस्कार भैसकेको छ । थप हिजो भेटिएको सन्जु बिकको लास पोस्टमार्टमको लागि राखिएको छ भने अझै एक जना बेपत्ता रहेका छन् । बेपत्ता हुनेमा भेरी नगरपालिका ११ का गोबिन्द शाही रहेका छन् ।

घटनाको सत्यतथ्य छानबिन गरि अपराधी उम्काउने प्रयास भए अर्को आन्दोलनको घोषणा गरि उत्रने दलित अधिकारकर्मिहरुले चेतावनी दिएका छन् ।

दलित अधिकारकर्मी देखि स्थलगत अनुसन्धानमा खटिएका टोलीबाट घटनाको प्रतिवेदन समेत सार्बजनिक गरेको छ भने , सरकार रुकुम हत्याकाण्डको लागि ५ सदस्यीय उच्चस्तरीय छानबिन समिति गठन गरेको छ । राष्ट्रिय मानव अधिकार आयोग देखि सम्बन्धित निकायहरुले समेत आफ्नो तबरबाट घटनाको अनुसन्धान गरिरहेका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्