मतदातालाई हौस्याउदै महरा



गिरिराज नेपाली
दाङ, २१ मंसिर । दाङ क्षेत्र नं. २ का प्रतिनिधिसभा उम्मेदवार मतदान सुरु संगै निर्वाचन क्षेत्रका सवै मतदान स्थलमा पुग्न सुरु गर्नुभएको छ । जिल्लाका भरकै मतदान स्थलको निरक्षणमा महरा निस्कनु भएको छ ।

निरक्षणकै क्रममा महराले घोराहीका काठेकोहल मतदान स्थलमा महराले मतदाताको नाममा सम्वोधन गर्दै आजको यो दान नै मुलुक समृद्धि र स्थायित्वको मतदान रहेकाले ढुक्क भएर मतदान गर्न मतदाताहरु आग्रह गर्नुभयो ।

मतदानको क्रम चलिरहेकाले मतदाताहरु कुनै बहानामा विचल्ली नरही स्वतन्त्र रुपमा आफ्नो मताधिकारको प्रयोग गर्दै मुलुक विकासको बाटोमा अग्रसर बन्न पनि नेता महराले आग्रह गर्नुभयो । खासमा अब दाङले पश्चिम नेपालको नेतृत्व गर्न सक्ने अब जिम्मेवारी बन्ने मौका पाउन लागेको उहाँको जोड थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्