रबिन्द्र यादव / नवलपरासी पश्चिम
१६ जेठ
नवलपरासी पुश्चिमको प्रतापपुर गाउँपालिकामा बैंक तथा बित्तिय संस्था खुल्ने भएका छन् । कोरोना भाइरसका कारण सिर्जित असहज परिस्थिती र स्वास्थ्य जोखिमका कारण दैनिक संचालनमा समस्यामा रहेको सन्दर्भमा आवश्यक आर्थिक क्रियाकलापहरु तथा भुक्तानी प्रणालीलाई सहज बनाउनुपर्ने भन्दै खुलाइएको हो ।
गाउँपालिका भित्र रहेका बैंक तथा वित्तिय संस्थाहरु सातामा तीनदिन खोल्नका लागी गाउँपालिका स्तरिय बिपद् ब्यवस्थापन समितिले निर्णय गरेको हो । नवलपरासी पश्चिमको प्रतापपुर गाउँपालिका वडा नं ५ का बैशाख ३१ गते एक ३६ बर्षिय पुरुषमा कोराना संक्रमित पुष्टि भएपछि सबै बैंक तथा वित्तीय संस्था खोल्मा असहजता भएको थियोे ।
थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।