रुकुम घटना कुटपिटपछि नदिमा फालियोः अनुगमन समिति प्रतिवेदन



बाँके, जेठ १५ – गएको जेठ १० गते रुकुम चौरजहारी ८ सोतीमा जाजरकोट ४ का नवराज विकसहित ६ जना युवाहरुलाई कुटपिट गरि हत्या गरेपछि भेरी नदिमा फालिएको प्रदेश नम्बर ५ का अधिकारकर्मीको प्रतिवेदन सार्वजनिक गरेका छन् । शुक्रबार बाँकेको कोहलपुरमा पत्रकार सम्मेलन गर्दै मानवअधिकारकर्मीले रुकुम सोतीको घटना जातीय विभेदकै कारण अन्तरजातीय वैवाहिक सम्बन्धका लागि केटीको घरमा गएको समयमा कुटपिट गरि हत्या गरेर भेरी नदिमा फालिएको निष्कर्श निकालेको हो ।

प्रदेश नम्बर ५ को नेतृत्व गर्दै जेठ १२ गते जाजरकोट र रुकुम पुगेको मानवअधिकारकर्मीको टोलीले प्रतिवेदन प्रस्तुत गर्दै रुकुम घटना जातीय विभेदका कारण भएको र नवराज विकसहित ६ जनालाई मारेर नदिमा बगाएको उल्लेख छ । प्रतिवेदन सार्वजनिक गर्दै मानवअधिकारकर्मी धर्मलाल रोकायले प्रतिवेदनबाट अव राज्यले किटानी जाहेरी भएका दोषीलाई हदैसम्मको कारवाही, अवको क्षतीपुर्ति सालिक निर्माण, धार्मिक साँस्कृतिक शहिद घोषणा, यस्ता घटना दोहोरीनु दिन नहुने बताए । प्रतिवेदनको निष्कर्श पनि त्यही रहेकोले रुकुम घटना जघन्य अपराध र जातीय विभदेको चरम पराकाष्ट भएको जानकारी दिए । जेठ १२ गते प्रदेश नम्बर ५ बाट मानवअधिकार र पत्रकारको अनुगमन समिति घटनास्थलमा गएको थियो । घटनाको नेतृत्व दलित गैरसरकारी संस्था महासंघका प्रदशे नम्बर ५ संयोजक डिलबहादुर परियारले गरेका थिए । शुक्रबार १५ पेज प्रतिवेदन सार्वजनिक गर्दै समितिले घटना जातीय विभेदकै कारण भएको र ६ जनालाई कुटपिट पछि हत्या गरि नदिमा फालिएको उल्लेख छ । रुकुम घटनाका विषयमा विभिन्न ८ अधिकारकर्मी संघसंस्थाले घटनास्थलको स्थलगत अध्ययन र अनुमगन गरी प्रतिवेदन पनि सार्वजनीक गरेका हुन् ।

नेपाल दलित मुक्ति संगठन ५ नं.प्रदेश, नेपाल दलित मुक्ति संगठन बाँके, नेपाल दलित संघ बाँके, गैरसरकारी संस्था महासंघ ५ नं.प्रदेश, दलित गैरसरकारी संस्था महासंघ, नेपाल दलित मुक्ति संगठन बाँके, दलित महिला संघ बाँके र नेपाल दलित मुक्ति संगठन बाँकेले घटनाको अध्ययनपछि सार्वजनीक गरेका हुन् । टोलीमा आधा दर्जन पत्रकारको समेत सहभागीता रहेको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्