म पाँच पटक बोल्दा पनि जवाफ दिइन उस्ले । सायद ढुङ्गा बोल्थ्यो होला उ बोलिन



✍️ केशर मल्ल
“मलाई माफ गर म तिमि संग अब यसरी भेट गर्न सक्दिन । “, मन्द आवाजमा भनी “माया तिमिलाई गरेर ठुलो भुल गरे । मलाई कुनैपनी कुराले फकाउने कोसिस नगर”

भुल ?के भुल ? माया गर्नु भुल हो कि माया नगर्नु भुल हो ? मैले एकैपटकमा भने ” के गल्ती छ र अब एक हुन सक्दैनौं ?”

एक हप्ता अगाडि तिम्रो कुरा बाबा आमा संग गरेको थिए ,तिमिसङ जात (थर )मिल्दैन अरे! केहि गरेर पनि हाम्रो सम्बन्ध नजिक हुँदैन भन्नू भयो । मल्ल जात भएको मान्छेले नेपाली लाई विबाह गर्दा समाजले राम्रो मान्दैन।इज्जत हुँदैन। य्यदी अबदेखि संगत गरेको देखेभने छोरी भन्दिनँ भन्नुभएको छ । तिमिलाई के गर्छु ,समय आयेपछी थाहा पाउलिस भन्नू भएको छ। मेरो लागी यति गरिदेउ.

उस्ले रुदै भनेको कुरा भन्दा मलाई उस्को रुवाईको चिन्ता लाग्यो । मेरा आखा रसाय ।पहिला, म संगै रुने उ आज एक्लै रोइरहि । उ रुदै भित्र पसि ।म एक्लै रोइरहे …।

चार मिनेटमा, चार बर्षको माया चकनाचुर भयो ।

जात भन्ने कुरा कुजात को भयो । उसलाई जातले जितायो भनु या मलाई जातले हरायो भनु ? जातभातका कुरा गर्ने कति जाती होलान् ? मलाई जातले नै उस्को घर जान रोक्यो । मायले रोकेकी थिइ ,म रोकिए ।

पहिला जातलाई प्रेमले जित्छ भन्ने उ,आज प्रेमलाई जातले हराएर गै ।

चार कदम अगाडि उ बढी, म चार कदम पछाडि हटे ।

दुरि बढिरह्यो । उस्को लागि माया त्यागे मैले..

पानीको तिर्खा भन्दा मायाको तिर्खा मेट्न निकै गार्‍हो हुदोरहेछ

माया गर्ने अन्धा हुन्छन् कि माया आफैमा अन्धो हुन्छ ?

मेरो मायामा दरार ल्याउने उस्का आमाबुबा जातीय भिन्नतामा दुश्मनी बने । उस्को अभिभावकको खुशी ,उस्को खुशी थियो ,उस्को खुशी मेरो खुशी थियो तर मेरो दुख मेरै मात्र भयो ।बस मान्छेले माया गर्नेलाई माया गर्दा रहेनछ्न,जातलाई माया गर्दा रहेछन् । मेरो माया चोखो थियो ,जात भन्ने मानवीय कुविचारले जुठो र झुटो बनाई दियो । मैले टाढै बसेर उसलाई माया गरिरहे ।मैले मायाको लागि जे पनि गर्थे तर समाजले नै मायामा धनीले गरिवलाई,ठुलो जातले सानो जातलाई माया गर्न नदिने सकृत्तिको संरक्षण गरिरहेको रहेछ। यस्तै यस्तै बुझे ।

मलाई जन्म दिने आमाले किन नेपाली भनेर जन्माउनु भयो ? मेरि आमाले पनि मैले जस्तै दुख पाउनु भएको थियो होला ,छुवाछूत ,भेदभाव ,दलित बाहुनको समाजमा? यस्तै कुराहरु सोचे ।

मेरो कारणले धन्न उस्ले ज्यान गुमाउनु परिको थियोे । धन्य ,मैले पल्लो घरको राम बि.क को जसरी ज्यान गुमाउनु परेन । लाखौं ले गुमाईरहेका छ्न ,मायाको बिसादीमा फसेर….

अनुत्तरित प्रश्न गर्दछु,म यो सिक्षित समुदायका ठुला जात भनेर नाक ठुलो पार्ने हरुलाई !मन ठुलो कि जात ठुलो हो ? नेपाली र मल्लको माया हुँदैन र ?भय के हुन्छ ?मायाले सबैलाई माया बराबर गर्छ भने मान्छेले सबैलाई माया गर्न मिल्दैन र ? ढुङ्गा पुजेर मानव धर्मावलम्बी हुन्छ्की ,मान्छेलाई पुजा गरेर हुन्छ ?मानिस ठुलो दिलले हुन्छ,जातले हुदैन भनेर ताली र पुरस्कार पाएका ठुला जातलाई सधै मैले सम्मान गरिरनु पर्ने ? मन मिल्ने संग होईन जात् मिल्ने संग संगत र सम्बन्ध राक्नुपर्छ भनेर मैले सबैलाई सिकाइरहनु पर्ने आजपनी ,अनि समृद्ध र सम्पन्न सन्सार यसरी नै निमार्ण हुन्छ भनेर नारा लगाईरहेनु पर्ने मैले ?म नेपाली जात भएकै कारण मरिरहनु पर्ने ? मैले कसैलाई माया गर्न हुन्न भने ,मेरो मुटु जन्मन बित्तिकै किन झिकेर फालिदिएनौ ह

जंगली जन्तुले पनि मान्छेलाई माया गर्न सिकिसके,तिमीहरूले मान्छेले मान्छेलाई माया गर्न दिदैनौ ?

समय फर्केर आउनेछ…जातका नाममा जंगली बन्ने हरुलाई मानवताबारे सिकाउने छ ।

लेखक :- ✍️ केशर मल्ल , नेपालगन्ज

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्