नेकपाको सचिवालय बैठक बस्दै, यी विषयमा हुनेछ छलफल



काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्दैछ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ९ बजे बस्ने बैठकमा एमसीसीका विषयमा साझा धारणा बनाउने प्रयत्नबारे छलफल हुने पार्टी प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिए ।

एमसीसीमा पार्टीभित्र दुई धार देखिरहँदा बजेटमा नै एमसीसीको कार्यक्रम समेटिएपछि नेकपाभित्र विवाद अझ बढी चर्किएको छ ।

बैठकमा संविधान संशोधन विधेयक, कोरोना भाइरसको महामारी रोकथाममा सरकारले चालिरहेका कदम लगायतका विषयमा छलफल हुने बताइएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्