पाकिस्तानले शुरु गर्यो अन्तर्राष्ट्रिय उडान



काठमाडौं । पाकिस्तानले शुक्रबार रातिदेखि अन्तर्राष्ट्रिय उडान शुुरू गरेको छ । कोभिड–१९ कारण दुई महिनाभन्दा लामो समयदेखि रोकिएको उडान फेरि सुचालु गरिएको हो ।

शुक्रबारबाट उसले चाटर्ड र नियमित तालिकामा नराखिएको उडान शुरू गरेको पाकिस्तानका संचारमाध्यमहरूले जनाएका छन् । नियमित उडानहरू भने शनिबारबाट शुरू हुनेछन् ।

सरकारले कोरोना भाइरस संक्रमण नियन्त्रण गर्न नियमित गतिविधिमा लगाएको रोक खुकुलो पारेसँगै अन्तर्राष्ट्रिय उडान पनि थालिएको पाकिस्तान नागरिक उड्डयन प्राधिकरणले आफ्नो सूचनामा जनाएको छ ।

पाकिस्तानमा घरेलु उडान भने यसअघि नै शुरु गरिसकेको थियो । त्यही क्रममा केही दिनअघि लाहोरबाट कराँची जाँदै गएको विमान दुर्घटना हुँदा ९७ जनाको निधन भएको थियो ।

अन्तर्राष्ट्रिय उडानका लागि विमान कम्पनीहरूले गन्तव्य देशको नियम पालना गर्नुपर्नेछ भने विमानलाई उडानपूर्व कीटाणुशोधन प्रक्रियालाई प्रत्याभूत गर्ने र विमानस्थलमा भिडभाड नगर्ने लगायतका सुरक्षा सावधानी अपनाउनुपर्ने छ ।

पाकिस्तानमा अन्तर्राष्ट्रिय उडान गत मार्चदेखि रोकिएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्