आजको मतदानका लागि मतदाता निकै हौसिएका छन ।



 

दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभा आज हुदैछ । नागरिकहरुको आफ्नो मताधिकारको प्रयोग गरी सक्षम र कुशल नेतृत्व चुन्न पनि आतुर नै छन । तर मतदाताहरु मतदान गर्न जति आतुर छन । उतिनै सुरक्षाको अनुभुती गर्न सकेका छैनन । जसका कारण आजको मतदान सुरक्षित बनाउने सवै नागरिकहरु पनि संवेदशिलन बन्नुपर्छ । नागरिक समाज दाङका संयोजक टिकाराम रेग्मी संग सैघाली खबरकर्मी गिरिराज नेपालीले गरेको कुराकानी सारसंक्षेप– सम्पादक 

स्वागत छ ?

धन्यावद

निर्वाचन नागरिकहरुले कसरी लिएका छन ?
आज हुन लागेको निर्वाचन लाई नगरिक वा मतदाताहरु उत्सवका रुपमा लिएका छन । किनकी यो निर्वाचन नागरिकको अधिकार स्थापित र मुलुक स्थायित्व, विकास र समृद्धि संग जोडिएकाले नगरिकहरुले उत्सव पर्वका रुपमा ग्रहण गरेका छन । यो नेपाली जनताको गौरवको कुरो पनि हो । नागरिक स्वतह उत्साहित रुपमा मतदानका लागि मैदानमा उत्रने छन ।

त्यसो भए मतदान गर्न तयार बनेर बसेका छन हैन ?

पक्कै पनि हो । चुनावी प्रचार–प्रसार देखी उम्मेदवारी मनोनयन, घरदैलो अभियान, नयाँ मतपरिचय पत्र लिन निकै उत्साहपुर्ण तरिकाले सामालेल भएकाले मतदाता अर्थात नागरिकहरु पूर्ण तयारीका साथ बसेका छन । त्यो तपाई हामी सवैले आज देख्ने छौ । गाउँ देखी शहर सम्म नेता देखी जनता सम्ममा त्यो मतदानको उत्साहले निकै रहेकाले मतदाताहरु मतदानका लागि हतारोमा बसेका छन ।

मतदान गर्न उत्साहित बनेको मतदाताहरुले सुरक्षा महसुस कस्तो गरेका छन नि ?
सुरक्षाको महसुस नागरिकहरुले त्यति सारो भरपर्दाे महसुस गर्न सकेका छैनन । नागरिकहरुले आफ्नो मताधिकारको प्रयोग स्वतन्त्र र भयरहित रुपमा गर्न पाउनुपर्छ भने सोचेका छन । तर सोचेको अनुरुपको शान्ती सुरक्षाको महसुस गर्न आजको दिन सम्म पनि गर्न नसकेको अबस्था छ ।

किनकी दाङको तुलसीपुरमा वाम विष्फोटनका कारण एक म्यादी जवान विनोद चौधरीको मृत्यु भयो ।अरु पनि उपचारको क्रममा छन । त्यो घटनाले जनतामा एक किसीमको क्रास पैदा भएको छ । तर पनि जनताले जसरी पनि भोट हाल्न पाउनुपर्छ मानस्थिति बोकेको छ ।

सम्पन्न स्थानिय तहको निर्वाचनमा मतदाताको उत्साह खासै देखिएन , जसका कारण सोचे अनुरुपको मत खस्न सकेन , अहिले निकै उत्साह बढेको छ भन्नुभयो नि , किन ?
पक्कै हो । जनतामा अहिले पनि एकखालको निरासा छ नै । तर त्यो निरासा लाई अहिले जनताले मताधिकारको अधिकार खेर फाल्नु हुदैनन भन्ने बुझेका छन । खासमा कुरा के हो भने अहिलेको निर्वाचन प्रदेशसभा जुन कानुन र अधिकार आफैले निर्माण गर्ने सरकार बन्ने छ ।

प्रतिनिधिसभा मुलुक समग्र विकासका लागि केन्द्रकृत सरकार बन्नेछ । अहिले त्यही कुरा जनताले बुझेका छन । अर्काे कुरा अहिलेको निर्वाचन मैले अघि पनि भने जनता जीवनस्तर र मुलुकको समृद्धि संग जोडिएको छ । भने मुलुकको दिर्घकालिन स्थायित्व संग पनि उत्तिकै सम्वन्ध राखेको छ । म्यादी सरकारको अन्त्य गरी स्थायी सरकारको निर्माण गरी मुलुकको दिर्घकालिन विकासको लक्ष्य लिएको निर्वाचन हो । यो मानेमा जनतामा आकर्षण बलियो बन्दै गईरहेका छ । जनता आफैले आफ्नो अधिकार खेर नफाल्ने दाउमा छन ।

आकर्षण बलियो बनेको छ भन्नुभयो, मतदाता शिक्षा कतिपय ठाँउमा नपुगेको गुनासो सुनियो । कतै आकर्षण र मतदाताहरुको मत खेर जाने पो हो की ?
मतदाता शिक्षा अहिले मात्रै होईन विगतमा पनि विकट वस्ती र अशिक्षित गाउँमा पुग्न नसकेको कुरा हामीले विगत देखी स्वीकार गर्नु परेकै छ । यो साँचो पनि हो । यो निर्वाचन आयोगको कमजोरी नै । मतदाता शिक्षा नारामा मात्रै सिमित बनेको कुरा पनि हामीले बुझेका छौ । मतदाता शिक्षा निर्वाचनको समयमा तलव भत्ता पचाउने र पकाउने शिक्षा मात्रै बनेको छ । जसका कारण मतदाताहरु मत केही खेर जाने पनि सम्भावना छ ।

तर त्यो वाट जोगाउन मतदाता आफै सावधानी अपनाउन सक्नुपर्छ । अर्काे कुरा म तपाई लाई भन्छु मेरै घरमा मतदाता शिक्षक शिक्षिकाहरु पुगेनन । म र मेरो परिवारले जानेकोख छौ । मतदान कसरी गर्नुपर्छ भन्ने कुरा तर , दुर्गम गाउँको मान्छे जो विहान वेलुका मजदुरी गरेर खान्छन उनीहरुलाई के ख्याल राख्लान मेरो मत बदर भयो वा भएन भनेर । खासमा मतदाता शिक्षा नियमण गर्ने जिम्मेवारी निकायहरुले नियमणकारीको भुमिका निर्वाह गर्न नसकेको पनि देखिन्छ । अहिले तिन वटा मत पत्र रहेकाले खासै मतदाताहरु खासै नझुकेलान भन्ने लाग्छ ।

हरियो प्रतिनिधिसभा सदस्य चुन्ने हो । अर्काे कालो छ । त्यो प्रदेश सभाको प्रतिनिधि चुन्ने हो । दुई ठाउँमा जो रातो लगाउने छ । अर्काे दलहरु लाई दिने हो । त्यहाँ मतदाताहरु झुकिन सक्छन । तर त्यो पनि ख्याल गरे बदर वाट जोगिन सकिन्छ ।

निर्वाचनको सँघारमा मौसम प्रतिकुल बन्दै गईरहेको छ । निर्वाचनलाई मौसमले केही प्रभाव पर्ला ?
अब मतदाताहरुको उत्साह लाई हेर्दा मौसमले छेक्ला जस्तो लाग्दैन । तर केही प्रभाव पर्ला नै वृद्धहरुको सवालमा चिसो वढ्यो भने केही सकस पर्ला नै ।

अन्त्यमा मतदाताहरु लाई केही भन्नुहुन्छ ?
नागरिकको सवैभन्दा ठुलो अधिकार नै मताधिकार हो । यसको सहीसदुपयोग गर्नु नागरिकको दायित्व पनि हो । त्यसैले मताधिकारको प्रयोग गरौ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्