नवलपरासी पश्चिममा अागलागीबाट चौपाया सहित ठुलो धनजनको क्षति



रबिन्द्र यादव / नवलपरासी पश्चिम – नवलपरासी पश्चिमकाे प्रतापपुर गाउपालिका – ३ कुटिटाेला बस्ने सुदामा धाेबिकाे घरमा गएराति आगलागी भएकाे छ ।

एकैठाउमा घरगाेठसमेत रहेकाेेमा राति अागाे सल्केर आगलागी भएकाे ईलाका प्रहरी कार्यालय सेमरीका अई फाैजदार यादवले जानकारी दिए।

आगलागीबाट अन्नपात, लत्ताकपडा, घर लगायतका सम्पुर्ण सामान पूर्ण रुपमा जलेर नष्ट भएको छ । त्यस्तै गोठमा रहेका पाडा पाडी भैंसी चौपाया समेत जलेका छन् । आगलागीकाट ६ लाख ३२हजार बराबरकाे क्षति भएकाे सइ यादवले बताए । राति लामखुट्टे धपाउनकाे लागि गुइठा खर झारपात बालेकाे आगाे सल्केेर आगलागी भएकाे बुझिएको हाे । गएराति करिब १ बजेकाे समयमा आगाे लागेपछि घरका परिवारहरुले छिमेकी लाई गुहारेपछि छिमेकी र स्थानीयले राति नै आगाेलाई पानीबाट निभाई नियन्त्रणमा लिएका थिए ।

उता जिल्लाकाे सिमासँग जाेडिएकाेे सुस्ता, प्रतापपुर, सरावल र पाल्हिनन्दन गाउपालिकामा दमकल नहुँदा बर्सेनी आगलागीबाट धनजनकाे ठुलो क्षति हुँदै आईरहेकाे छ । आगाे लागेपछि समयमै दमकल पुग्न नसकेपछि यस्ता घटना दिनानु दिन बढदै गईरहेकाे स्थानीयले बताएका छन । बर्सेनि चैत, बैशाख र जेठ महिनामा जिल्लाको धेरै जसो सथानमा अागोलागीको घटना बढ्दै गइरहेको देखिन्छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्