समाचार

लकडाउनमा भोकले एक नेपालीको मृत्यु

By Thaha - Online

May 30, 2020

भारतको सुरतमा मजदुरी गर्दै आएका धनुषा जिल्ला शहिद नगरपालिका वार्ड न. ९ टोल गोठ कोयलपुरका विरेन्द्र गुरमैता लाई अति समस्या परेपछि उनि आफ्नो देश आउन हिंडे, बाटोमा अनेकौं समस्याको सामना गर्नु पर्यो, कतै हिंडेर त् गाडीमा लिफ्ट मागंदै आउन थाले । पैसा नभएको ले बाटोमा भोखै बस्नु पर्यो, जिउ अस्वस्थ हुन थाल्यो तर विरेन्द्र हिम्मत हारेन, दरभंगा पुगेर एक भारतीय एम्बुलेन्सलाई हार गुहार लगाई सिमा सम्म पुर्याई दिनको लागि राजी गरे र एम्बुलेन्सबाट जयनगर सिमा सम्म आए तर सिमामा रहेका हाम्रो प्रहरी नेपाल भित्रिन दिएन । त्यस भारतीय एम्बुलेंस वाला मानवता देखाउंदै विरेन्द्र लाई जयनगर सिमाबाट जटही सिमासम्म राती ११-२ को बिचमा पुर्याई दियो । आफ्नो माटोमा पुगेपछि अब बांचियो भनेर विरेन्द्रमा ज्यान आयो तर उसलाई के थाहा नेपाल मानवता हराएको देश हो भनेर..

उनले वारम्वार प्रहरीसंग एम्बुलेंस बोलाई दिनको लागि गुहार लगाए तर उसको कुरालाई वेवस्ता गरियो, न एम्बुलेंस आयो न उसले खाना नै पायो.. समय बित्दै थियो.. विरेन्द्र सिमामा छट्टपटाई रहेका थिए.. सब तमाशदिन बनेका थिए..

परिवार र आफन्तजन लाई जानकारी हुन साथ उनीहरू जटही लागि हिंडे, जांदै गर्दा एम्बुलेंसको लागि थुप्रै समक्ष हार गुहार लगाए तर कोई तयार भएन । शहिद नगरपालीकाको मेयरलाई सम्पर्क गर्दा उनले एम्बुलेंस १० बजेपछि मात्र जाने बताए, रेडक्रसलाई फोन गर्दा उनले सिडीयो वा एसपी संग आदेश गराउ अनि मात्र जान्छु भने.. यता आफन्तजन तडपी रहेका थिए उता विरेन्द्र रोड मै सुतेर एम्बुलेन्स आउने आशमा अन्तिम साँस गिनी रहेका थिए । जसो तसो आफन्तले एउटा एम्बुलेंस लाई राजी गरे तर त्यति बेला सम्म ढिलो भई सकेको थियो.. विरेन्द्रको आत्माले शरीर छोडी दियो..

कुरा यहि सकिएन, रोडमा अल्पत्र परेको मृत शरीरलाई जसोतसो जनकपुर प्रादेशिक अस्पताल ल्याइयो । यंहा नया नाटक सुरू भयो.. सरोकारवाला सब हर्कतमा आए, हाई लेवल मिटींग हुन थाले, मृत शरीरलाई जनकपुर मै पोस्टमार्टम गर्ने कि विरगंज, विराटनगर कि अन्य ठाउँमा पठाउने वारे गम्सागम्सी हुन थाले । अन्तोगत्वा जनकपुर मै पोस्टमार्टमको साथ-साथ कोरोना परिक्षण पनि गरियो र विरेन्द्रको मृत्यु कोरोनबाट होईन, भोख र सरोकारवालाको लापरवाहीले भएको पुष्टी भयो ।

अहिले नेपाललाई Asian Development Bank (ADB), International Monetary Fund (IMF) लगायत अन्य दातृसंस्था हरूले करोना नियन्त्रणको अरब होइन खरबमा सहयोग गरेका छन् । यस पैसाको सहि उपयोग गर्यो भन्ने कहिं कतै कुनै समस्या आउने छैन ।

अन्तमा, सरकारले विरेन्द्रको मृत्युको नैतिक ज़िम्मेवारी लिई उनका परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउनु पर्छ, साथै घटनाको छानविन गरि दोषीलाई कार्यवाही गर्दै आफ्नो गल्ती सुधारनु पर्दछ । शायद,यतिले विरेन्द्रको आत्माले शान्ति पाउने होला !! धन्यवाद ।

सुरेन्द्र सिकन्दरबाट