अपराध

रुकुम घटना: पोष्टमार्टम रिपोर्टका अनुसार मृतक सवै युवाको हत्या कुटपिटका कारण

By Saru Sunar

May 30, 2020

जारकोट । रुकुम पश्चिम घटनामा मारिएका सबै युवाहरुको पोष्टमार्टम रिपोर्टमा उनीहरुको मृत्यु कुटपिटबाट भएको खुलेको छ ।

जाजारकोट अस्पतालमा गरिएको पोष्टमार्टम रिपोर्टमा चिकित्सकहरुले उनीहरुको मृत्यु कुटपिटबाट भएको ठहर गरेका हुन् ।

मृतक सबैको टाउको, अनुहारसहित शरीरका विभिन्न अंगमा चोट देखिएको इलाका प्रहरी कार्यालय चोरजहारीका प्रहरी निरीक्षक धर्मसिंह बिष्टले जानकारी दिएका छन्।

सामान्यतः पानीमा डुबेर मृत्यु भएकाको पेटमा पानी हुने भएपनि उनीहरु कसैको पेटमा पानी नभरिएको र मृतकहरुको टाउको, हातखुट्टा, छाती लगाएत स्थानमा चोटपटक लागेको पाइएको पोष्टमार्टम गरेका एक चिकित्सकले जनाए ।

रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोतीकी मल्ल थरकी एक किशोरी भगाउन पुगेका जाजरकोटको भेरी नगरपालिका ४ का नवराज विकसहित १८ युवामध्ये पाँच युवाको शव फेला परेको छ भने अझै एकजना वेपत्ता छन् । घटना १० जेठको हो ।

नवराजसँगै गणेश बुढा, सन्दीप विक, लोकेन्द्र सुनार र टीकाराम सुनारको शव भेरी नदीमा फेला परेको थियो। घटनामा अर्का युवा गोविन्द शाही अझै बेपत्ता छन्।

जाजरकोट अस्पतालले मृतकको शरीरका विभिन्न नमुना भिसेरा परीक्षणका लागि विधि विज्ञान प्रयोगशाला काठमाडौंमा पठाएको छ ।