कांग्रेस केन्द्रीय सदस्य लामाद्वारा नुवाकोटमा स्वास्थ्य सामाग्री वितरण




नुवाकोट, जेठ १७
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य बहादुरसिंह लामाले नुवाकोटमा स्वास्थ्य सामाग्री वितरण गरेका छन् । संसद लामाले नुवाकोटका १२ वटै स्थानीय तह, सबै तहका पार्टी एकाइ, जिल्लाका सबै ब्यारेक तथा प्रहरी चौकी र जिल्लामा क्रियाशील पत्रकारहरुलाई गरी कुल १५५ सेट पिपिई (बुटसमेत), ५५ थान इन्फ्रारेड फोरहेड थर्मोमिटर (थर्मल गन), १२ थान स्यानिटाइजर स्प्रे मेसिन, ८०० थान एन ९५ मास्क, १० हजार थान सर्जिकल मास्क, ५ हजार थान कपडाको मास्क, १०५ लिटर स्यानिटाइजर र १ थान बिग स्प्रे मेसिन वितरण गरिएको छ ।

नेता लामाले शनिवार विदुरस्थित जिल्ला समन्वय समितिको कार्यालयबाट जिल्लाका सबै गाउँपालिका तथा नगरपालिकाका प्रमुखहरुलाई ५(५ सेट पिपिई, २(२ थान थर्मल गन, १(१ थान स्यानिटाइजर स्प्रे मेसिन, ५(५ लिटर ह्यान्ड स्यानिटाइजर, ५(५ लिटर क्लोरिनयुक्त स्प्रे स्यानिटाइजर, २०(२० थान एन९५ मास्क, ३००(३०० थान सर्जिकल मास्क र २००(२०० थान कपडाको मास्क हस्तान्तरण गरेका हुन् । लिखु गाउँपालिकालाई थर्मल गन, स्प्रे मेसिन र एन९५ मास्क तथा बेलकोटगढी नगरपालिकालाई पिपिई र स्यानिटाइजर भने यसअघि नै पठाइसकिएकाले आज हस्तान्तरित सामग्रीमा समावेश थिएन ।

यस्तै, विदुरस्थित नेपाली कांग्रेस पार्टी कार्यालयबाट सबै स्थानीय तहका पार्टी कार्यकर्ता, सुरक्षा निकाय र पत्रकारहरुलाई पिपिई, थर्मल गन, एन९५, सर्जिकल तथा क्लोथ मास्क, स्यानिटाइजर, साबुन लगायत सामग्री हस्तान्तरण गरेका हुन् । विदुरस्थित प्रहरी चौकीलाई एउटा बिग स्प्रे मेसिन पनि हस्तान्तरण गरेका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्