दाङका ३ सय ५८ मतदान केन्द्र विद्यालयमा



जनक नेपाली

दाङ  मंसिर २१  । गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि दाङका ३ सय ५८ मतदान केन्द्र सामुदायिक विद्यालयमा तोकिएको छ । कूल ३ सय ९४ मतदान केन्द्रमध्ये जिल्ला निर्वाचन कार्यालयले ३ सय ५८ मतदान केन्द्र सामुदायिक विद्यालयमा तोकेको जिल्ला शिक्षा कार्यालय दाङका प्रमुख रमेश मैनालीले जानकारी दिनुभयो ।

जिल्लामा सरकारी भवनको अभावमा सामुदायिक विद्यालयमा मतदान केन्द्र राखिएको मैनालीको भनाई छ । जसका कारण जिल्लाका ८१ हजार विद्यार्थीको पठनपाठनमा प्रत्यक्ष प्रभावपर्ने देखिएको मैनालीले बताउनु भयो ।

सामुदायिक विद्यालयमा मतदान केन्द्र बनाउँदा हजारौं बालबालिकाको पढाइ अस्त–व्यस्त हुने भन्दै मतदान केन्द्र सामुदायिक विद्यालयमा राख्न नहुने मैनालीले बताउनु भयो । विद्यालय शान्ति क्षेत्र भएको भन्दै उहाँले विद्यार्थीको पढाइ अस्तव्यस्त गर्ने कुनै गतिविधी गर्न नहुने समेत उहाँले बताउनु भयो । सामुदायिक विद्यालयमा मंसिर १६ देखि २१ गतेसम्म अर्धबार्षिक परिक्षा भएपनि चुनावकै कारण सार्नु पर्ने वाध्यता रहेको उहाँले बताउनु भयो ।

चुनावकै कारण दाङका सामुदायिक विद्यालय मंसिर १८ देखि २१ गतेसम्म बन्द रहने जानकारी दिदै जिल्ला शिक्षा अधिकारी मैनालीले खुल्ला चौर तथा सामुदायिक सरकारी भवनलाई मतदान केन्द्रका रुपमा प्रयोग गर्नुपर्ने बताउनु भयो । राजनीतिक दलहरुले विद्यार्थीलाई चुनावी प्रचार प्रसार, ¥याली र सभामा समेत प्रयोग गर्दै आएको भन्दै मैनालीले त्यो रोक्नुपर्ने वताउनु भयो । बालबालिकाको पहिलो अधिकार भनेको पढ्ने, लेख्ने भएको भन्दै मैनालीले विद्यार्थीको शिक्षादीक्षाका लागि कसैले असर पु¥याउन नहुने उहाँको भनाई छ ।

निर्वाचनमा ९ सय शिक्षक परिचालन

जिल्ला शिक्षा कार्यालय दाङले आगामी मंसिर २१ गते हुने निर्वाचनका लागि ९ सय शिक्षक परिचालन हुने बताएको छ । निर्वाचन प्रयोजनका लागि ९ सय शिक्षक परिचालन गर्न थालेको जिल्ला शिक्षा कार्यालयका प्रमुख रमेश मैनालीले जानकारी दिनुभयो । निर्वाचन कार्यालयबाट तालिम प्राप्त गरेका कतिपय शिक्षक, कर्मचारीहरु फिल्डमा पुगिसकेको र बाँकी केही दिनमै पुग्ने मैनालीले जानकारी गराउनु भयो ।

दलहरुको प्रतिबद्धताः चुनावमा बालबालिकाको प्रयोग गर्दनौं

दाङका सबै राजनीतिक दलहरुले चुनाव प्रचार प्रसारका लागि बालबालिकाको प्रयोग नगर्ने प्रतिबद्धता गरेका छन् । राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रीय कार्यालयले मंगलबार घोराहीमा आयोजना गरेको बालबालिका शान्ति क्षेत्र अवधारणा कार्यान्वयनका लागि प्रतिबद्धता हस्ताक्षर कार्यक्रममा बोल्ने दलका नेताहरुले यस्तो प्रतिबद्धता दोहो¥याएका हुन् ।

सो कार्यक्रमको अवसरमा नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, राष्ट्रिय जनमुक्तिलगायतका पार्टीका नेताहरुले अवधारणा कार्यान्वयनका लागि ७ बुँदे प्रतिबद्धता पत्रमा हस्ताक्षरसमेत गरेका छन् । प्रतिबद्धता पत्रमा बालबालिका र विद्यालय शान्ति क्षेत्र भएकाले यसको परिपालना गर्ने र कुनै पनि बन्द, हड्तालका बेलामा पठनपाठनमा अवरोध नपु¥याउने कुरा प्रतिबद्धता पत्रमा उल्लेख गरिएको छ ।

यस्तै विद्यालयमा सशस्त्र/हिंसात्मक गतिविधि तथा राजनीतिक हस्तक्षेप नगर्ने, विद्यालय हाताभित्र हुने कुनै पनि प्रकारको भेदभाव, दण्ड सजाय, दुव्र्यवहार वेवास्ता शोषणबाट मुक्त राखिने र शिक्षा क्षेत्रलाई अत्यावश्यक सेवाअन्र्तगत राखिने सार्वजनिक स्थान घर तथा विद्यालय बालमैत्री बनाउने, बालबालिकालाई चुनाव प्रचारप्रसार र जुलुश ¥यालीमा प्रयोग नगर्ने कुरा प्रतिबद्धता पत्रमा समेटिएको छ । उक्त पत्रमा नेपाली कांग्रेसकाबाट सावित्रा राणा, सुरेन्द्र खड्का, नेकपा एमालेबाट अध्यक्ष टिकाराम रेग्मी, माओवादी केन्द्रबाट पुनम सेर्पाइली, संघीय समाजवादी फोरमका तर्फबाट अशोक यादव र राष्ट्रिय जनमुक्ति पार्टीका ठाकुर रोका लगायतका नेताहरुले हस्ताक्षर गरेका छन् ।

राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रिय प्रमुख मुरारी खरेलको अध्यक्षतामा भएको कार्यक्रममा दाङका प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठ, जिल्ला शिक्षा अधिकारी रमेश मैनाली, ओरेक दाङका संयोजक तुलसा गिरीलगायतले बोल्नुभएको थियो । कार्यक्रमको सञ्चालन मानव अधिकार अधिकृत टंक खनालले गर्नुभएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्