अर्घाखाँची जिल्लाभर हालसम्म ३४५३ जना क्बारेन्टाईनमा

अर्घाखाँची जिल्लाभर हालसम्म ३४५३ जना क्बारेन्टाईनमा


अर्घाखाँची १७ जेठ ।अर्घाखाँची जिल्लाका क्वारेन्टाईनमा अहिलेसम्म तिन हजार ४ सय ५३ जना रहेका छन । भारतबाट हिजो दिउसो ३ बजेदेखी आज दिउँसो ३ बजेसम्म मात्र आएका ९९ जनालाई क्वारेन्टाईनमा राखिएको छ ।जिल्लाको सन्धिखर्क नगरपालिकामा ५१२ जना क्वारेन्टाईनमा रहेका छन । त्यस्तै शितगंगा नगरपालिकामा ८०२ जना क्वारेन्टाईनमा रहेको अर्घाखाँची जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी विनोद खनालले जानकारी दिनुुभएको छ त्यस्तै जिल्लाको भुमिकास्थान नगरपालिकाको क्वारेन्टाईनमा ८७१ जना, पाणिनी गाँउपालिकाको क्वारेन्टाईनमा ३७३ जना, मालारानी गाँउपालिकाको क्वारेन्टाईनमा ६६३ जना र छत्रदेवको क्वारेन्टाईनमा २३२ जना रहेको सप्रजिअ खनालले जानकारी दिनुभयो । अधिकाशं क्वारेन्टाईनमा रहेका मानिसहरु भारतका आएका रहेका छन् अर्घाखाँचीका स्थानीय तहहरूले निरन्तर क्वारेन्टाइन बनाउने र त्यसमा मानिस राख्ने काम गरिरहेको जिल्ला प्रशासनले जनाएको छ । अर्घाखाँचीमा भारतबाट आउँनेको संख्या बढ्दै गएको छ ।सन्धिखर्कमा १६ ठाउँमा क्वारेन्टाईन स्थल बनाईएको छ, पाणिनीमा २३, भुमिकास्थानमा ३३, शितगंगामा ५३, मालारानीमा २१ र छत्रदेवमा १६ ठाउँमा क्वारेन्टाईन बनाईएको सहायक प्रजिअ विक्रम थापाले जानकारी दिनुभयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्