पत्रकार महिलाहरुसँग कोरोना भाइरस जोखिमका बेला पेशागत अप्ठेराहरुको बारेमा छलफल



 

  ओमप्रकाश गुप्ता सिसहनियाँ १७ जेठ । पत्रकार महिला मञ्च दाङले जिल्लामा उपलब्ध पत्रकार महिलाहरु सँग कोरोना भाइरसको जोखिमको बेला भएका पेशागत अप्ठेराहरुको बारेमा छलफल गरेको छ । गत चैत्र ११ गते देखि मुलुकमा लकडाउन सुरु भए यता पत्रकार महिलाहरुले पेशागत दायित्व र जिम्मेवारी निर्बाहको क्रममा भोगेका असजिला पक्षहरुको बारेमा छलफल गरिएको हो । कार्यक्रममा बोल्ने पत्रकार महिलाहरुले कोरोना भाइरसको संक्रमणको जोखिम सँगै पत्रकार महिलाहरुमा पनि सुरक्षा जोखिम सँगै पेशागत जोखिम र चुनौती थपिएको बताएका थिए । उनीहरुले कोभीड १९ को चपेटामा परेका श्रमजीवीहरु असुरक्षीत रहेको , न्युनतम सुरक्षा सामाग्रीको अभावमा पनि काम गरिरहेको, स्थानीय स्तरमा वितरण गर्दै आएको आधारभुत सुरक्षा सामाग्री बितरणमा पत्रकार महिलाहरुलाई उपेक्षा गरिएको वताएका थिए । सो अबसरमा नेपाल पत्रकार महासघ दाङका उपाध्यक्ष लिला शाहले, संकल्प महिला सञ्चार संस्था दाङका अध्यक्ष बसुन्धरा गौतम, स्वास्थ्यकर्मी राधा पौडेल मनोविमर्श कर्ता शुशीला आचार्य , रेडियो मध्यपश्चिमका शारदा शर्मा, शुसिला वली , रिता लामा लगायतकाले बोलेका थिए । ओरेक दाङको समन्वयमा आयोजित कार्यक्रमका अबसरमा ओरेक दाङले दाङमा अहिलेको समग्र मानव अधिकारको अवस्थाको वारेमा जानकारी गराएको थियो । त्यस अवसरमा महिला पत्रकार मञ्च दाङले पत्रकार महिलाहरुलाई स्यानीटाइजर, मास्क र पन्जा प्रदान गरेको थियो। कार्यक्रम पत्रकार महिला मञ्च दाङका अध्यक्ष लक्ष्मी आचार्यको अध्यक्षतामा सम्पन्न भएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्