विचार

टरिगाँउ एयरपोर्टकाे धवनमार्ग बिस्तार गरिन्छ र ठुलाे जहाज बसालिन्छ : सांसद चाैधरी

By Saru Sunar

May 30, 2020

ओमप्रकाश गुप्ता सिसहनियाँ १७ जेठ ।

प्रतिनिधि सभाका सदस्य मेटमणी चाैधरीले दाङको टरिगाँउ एयरपोर्टकाे धवनमार्ग बिस्तार गरि ठुलाे जहाज बसाल्ने बताएका छन् । प्रतिनिधि सभा सदस्य चाैधरीले अाफ्नो फेसबुक पेजमा स्टाटस मार्फत नागरिकलाई सुसूचित गराउँदै दाङ जिल्ला लगायत छिमेकी जिल्लामा हवाई यातायातमा सहजता ल्याउने पनि बताएका छन् ।

तुलसीपुर उपमहानगरपालिका स्थित २०११ साल देखि सञ्चालनमा अाएकाे टरिगाँउ एयरपोर्टकाे बिषयमा वजेट भाषाण पछि दाङ लगायत छिमेकी जिल्लावासीहरूको चासाे तथा प्रतिक्रियाहरू अाउनु स्वभाबिक रहेको भन्दै यस बिषयमा दाङकै सांसदकाे हैसियतले मेराे चासाे रहेकोले टरिगाउँ एयरपोर्टमा थाैरै लगानी अर्थात ७ सय मिटर मात्रै एक्सपेन्सन गर्ने हाे भने ठुलाे जहाज बसाल्न सक्ने र दाङ लगायत छिमेकी जिल्लामा चाैतर्फी बिकासमा याेगदान गर्दछ उनले अाफ्नो स्टाटसमा लेखेका छन् । जहाँ सम्म प्राबिधिक रूपमा ठिक बेठिककाे कुराे छ ।

प्रबिधिलाई अाफनाे अनुकुल बनाउने हाे । प्रबिधिकाे अनुकुल हामी बन्ने हाेइन । फेरि अनुकुल नभएकाे पनि हाेइन नि त ! अनुकुल नै छ उनको स्टाटसमा लेखिएको छ ।