लमहीमा सातामा २ दिन फेन्सी लगायतका अन्य पसल खुल्ने



ओमप्रकाश गुप्ता सिसहनियाँ १७ जेठ । दाङको लमहीमा सातामा २ दिन फेन्सी लगायतका अन्य पसल खुल्ने भएका छन् । हप्ताको आइतबार र बिहिबार २ दिन बिहान ६ देखि ९ बजे सम्म फेन्सी, मोबाइल, जुत्ता, स्टिल दराज, कस्मेटिक ,सोरुम लगायतका पसलहरु खुल्ला हुने भएका छन् । देउखुरी उद्योग बाणिज्य संघले जिल्ला प्रशासन कार्यलाय दाङ संगको समन्वयमा आइतबार देखि नै साताको २ दिन पसलहरु खोल्ने निर्णय गरिएको उद्योग बाणिज्य संघका अध्यक्ष रत्नप्रसाद श्रेष्ठले जानकारी दिएका छन् । जनतालाई अत्यावश्यक खाद्यान्य, एग्रोभेट तथा तरकारी पसल भने प्रत्यक दिन खुल्दै आएका छन् । साथै सामान किनमेल गर्न आउदा वा सामान बिक्री वितरण गर्दा सामाजिक दुरी कायम गरेर भिडभाड नहुने गरि पसल सञ्चालन गर्न समेत उद्योग बाणिज्य संघले आग्रह गरेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्