रुकुम , रुपन्देही जिल्लामा भएको घटनाको स्वतन्त्र निकायबाट छानविनको माग ः सांसद चमार



काठमाडौ । जातिय आधारमै देशको रुकुम , रुपन्देही लगाएतका ठाउमा हत्या हिसांमा पारिएका पिडक एवमं हत्याराहरुलाई राज्यले कडा कारवाही गर्नुपर्ने राष्टिय सभाका सदस्य राम लखन चमारले माग गर्नु भएको छ । चमारले रुकुमका हत्याराहरुलाई राजनितिक दलहरुबाटै संरक्षण गर्न खोजेकोले सो घटना स्वतन्त्र निकायबाट निष्पक्ष छानविन गर्न राज्यले छुट्टै समिति बनाउनु पर्ने बताउनु भएको छ । चमार कल्याण समाज नेपालद्धारा आज शनिवार आयोजित नेपाली दलित समुदायहरु माथि हत्या हिसा कहिले सम्म भन्ने विषयमा भर्चुवल छलफल कार्यक्रममा चमारले सो कुरा माग गर्नु भएको हो । चमार कल्याण समाज नेपालका अध्यक्ष दिनेश चमारको अध्यक्षतामा भएको छलफल कार्यक्रममा रुकुम , रुपन्देही लगाएत मधेश भरिमा भैरहेको दलित समुदायहरुमा दमनको विरुद्धमा सारा दलित सुमुदायहरु एकिकृत हुनुपर्ने सहभागिहरुले जोड दिएका थिए ।

राज्यले अहिले पनि जातकै आधारमा आफुहरुलाई आधिकारबाट बन्चित गरेकोले अब यसको संर्घष अपरिहार्य रहेको बहुजन समाज नेपालका अध्यक्ष हरिनन्दन अम्बेडकरले बताउनु भयो । अम्बेडकरले सिरहामा दलित युवती माथि दुरब्यवहार गर्ने अपराधिहरु अहिले सम्म खुल्लेयाम घुमिरहेकोले उनिहरुलाई नेपाली राज्य सत्ताले किन पक्राउ नगरेको भनि प्रश्न समेत गरेका छन । उता रुपन्देही जिल्लामा हत्या गरिएकी बालिका अगिंरा पासीको दोषीहरुलाई प्रकाऊ परेपनि सो ठाउका वडाध्यक्ष लगाएत पासीलाई बलत्कारीहरुको जिम्मा लगाउनेहरुलाइ समेत कानुनी दायरामा ल्याएर कारवाही गरिनुपर्ने चमार कल्याण समाज अमेरिका युरोपका संयोजक अमिरी मोची चमारले माग गर्नु भयो ।

यस्तो दलित समुदाय माथि भएको घटना मानव अधिकार मात्र नभई सिगों विश्वब्यापी मानवअधिकारलाई चुनौति दिएकाले यस्ता आपराधिक घटनाका विरुद्धमा देश तथा विदेशबाट दबाव सृजनागर्दै सांगठनिक रुपमा विरोध गर्नुपर्ने सबोच्च अदालतका अधिवक्ता शैलेन्द्र अम्बेडकले सुझाव दिए । अम्बेडकले आफु रुपन्देही जिल्लाको घटनालाई अत्यन्त सुक्षमबाट हेरिरहेकोले दोषीहरुलाई कारवाही गराएरै छाडने प्रतिबद्धता जनाएका छन ।

कार्यक्रममा चमार कल्याण समाज रुपन्देहीका बालकिसुन चमार , राजु हरिजन , कपिलबस्तु जिल्लाका अधिकारकर्मी रामशरण रैदास , लेखक एवमं राजनितिक विश्लेषक राजेश विद्रोही चमार , डा. रामजी राम चमार , चमार कल्याण समाज साउदी अरेवियाका संयोजक सुरेन्द्र महरा चमार , समाजका अमेरिका सदस्य बिक्की चमार , संजय सावन चमार ,राम दारु चमार लागाएतले २१ औ शतब्दीमा पनि नेपालमा दलित समुदायहरुलाई दिसा खुवाउने , जातकै आधारमा विभेद गर्ने सार्बजनिक खानेपानी नदिने , बाटोमा हिडन नादिने आदी कार्य भईरहेकोमा निन्दा गर्नुभएको थियो । चमार कल्याण समाज नेपालका अध्यक्ष दिनेश चमारले रुकुम र रुपन्देहीका घटनाका पिडितहरुलाई राज्यले छतिपुर्तिको ब्यवस्था गर्नु पर्ने , सबै परिवारको सुरक्षाको ब्यवस्था , र आगामी दिनमा यस्ता घटना हुन नदिनका लागि नेपाल सरकारले देश ब्यापी रुपमा अभियान संचालन गर्नुपर्ने बताए । साथै अपराधिहरुलाई राज्यले कानुनी कटघरामा न्लाएसम्म सारा संचारकर्मी ,मानवअधिकारकर्मी , न्याय प्रेमिहरुलाई आफुहरुको अन्दोलन प्रति सहनुभुति जनाई सहयोग गर्न अपिल समेत गनुभयो

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्